पहिलो एनआरएनए कप तथा नेपाली महोत्सवमा सहयोग गर्दै ऐक्यवद्धता जनाइदिन र विशेष अतिथीका रुपमा सहभागिता भइदिनु हुन अनुरोध।

२० जुलाई २०२४ – बेलायत। सन् ०३ अगष्ट, २०२४ का दिन पहिलो एनआरएनए कप तथा नेपाली महोत्सवमा सहयोग गर्दै ऐक्यवद्धता जनाइदिन र विशेष अतिथीका रुपमा सहभागिता भइदिनु हुन प्रमुख संरक्षक, संरक्षकहरु, सल्लाहकारहरु र बेलायतमा स्थापित बिभिन्न संघ संस्थाका अध्यक्षहरुलाई अनुरोध गरेको छ।
गैरआवासीय नेपाली संघ बेलायत (एनआरएनए यूके) ले आउंदो अगष्ट ३ तारिख लन्डन फेल्थाममा पहिलो पटक एनआरएनए महोत्सव तथा युवा विभागले पहिलो पटक एनआरएनए कप फुटबल प्रतियोगिता गर्न लागेको जानकारी गराएको छ।
एनआरएनए यूकेक अध्यक्ष प्रेम गह मगरले नेपाली कला, संस्कृति, परम्परा, भेषभूषा र खानाको प्रचार प्रसार एवं संवर्धनका लागि एनआरएनए नेपाल महोत्सव गर्ने तयारीमा हामी जुटेको बताएका छन ।
यससंगै बेलायतमा रहेका नेपाली युवाको प्रतिभा उजागर गर्दै स्वास्थ्यका लागि खेलकुद भन्ने उद्देश्यसहित ९ ए साइड एनआरएनए कप प्रतियोगिता गर्ने तयारी भइरहेको छ ।
बेलायतको नेपाली डायष्पोरामा पहिलो र दोश्रो पुस्ताबीचको दुरी बढिरहंदा हामीले दुवै पुस्तालाई एकै थलोमा उतार्ने प्रयत्न गरेका छौं। हाम्रो कला, संस्कृति, भाषा, भेषभूषा, रहनसहन दोश्रो पुस्तामा हस्तान्तरण नगर्ने हो भने उनीहरुको मातृभूमिसंगको नाता तोडिने चिन्ता बढेको छ ।
तर ति रचनात्मक र उद्देश्यमूलक दुई इभेन्ट्स खर्चिलो पनि भएकाले यहांको व्यक्तिगत तथा संघसंस्थाका तर्फबाट धेरथोर आर्थिक सहयोग अपेक्षा गरिन्छ ।
आर्थिक रुपमा ५, १०, २० पाउण्ड जति होस्, सहयोग गरि हाम्रो कार्यक्रमप्रति ऐक्यवद्धता जनाइदिनु हुन एनआरएनए यूके विनम्र अनुरोध गर्दछ । तपाईंको ऐक्यवद्धताले युवा पुस्तालाई प्रोत्साहन मिल्ने छ भने थोरै आर्थिक सहयोगबाट हाम्रो पवित्र उद्देश्य पुरा हुनेछ भन्ने मान्यता राखेको छन ।
यदि तपाईं प्रायोजन गर्न चाहनुहुन्छ वा चन्दा दिने इच्छा छ भने कृपया एनआरएनए यूकेलाई समयमै जानकारी दिनु भएमा निकै आभारी हुनेछौं भनेका छन ।
उक्त कार्यक्रममा तपाईंलाई नौमति पञ्चे बाजा तथा ब्याक पाइपरका साथ स्वागत गर्दै खादा, ब्याच एवं मायाको चिनो प्रदान गरिने भएको हुँदा तबिभिन्न संस्थाको तर्फबाट अनिवार्य सहभागिता जनाइदिनु हुन अनुरोध गरेको छ ।






