चन्द्रप्रसाद घिमिरे बेलायतका लागि नेपाली राजदूतमा सिफारिस

SHARE:


काठमाडौँ २९ जुलाई २०२४ । नेपाल सरकारले बेलायतका लागि नयाँ राजदूतमा चन्द्रप्रसाद घिमिरेलाई सिफारिस गरेको छ ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले बेलायत, छिमेकी देशहरु भारत र चीनसहित विभिन्न देशका राजदूतहरु सिफारिस गर्ने निर्णय गरेको हो । तत्कालीन नेपाली राजदूत ज्ञानचन्द्र आचार्य फिर्ता भएपछी बेलायतमा राजदूत पद खाली छ ।

यस्तै सरकारले छिमेकी भारतका लागि शंकर शर्मा, अमेरिका लोकदर्शन रेग्मी र चीनका लागि कृष्णप्रसाद ओलीलाई राजदूत सिफारिस गरेको छ । शर्मा भारतमा पुन: दोहोरिँदै छन् ।

जर्मनीमा शैल रुपाखेती, साउदी अरब नरेशविक्रम ढकाल, इजरायल धनप्रसाद पण्डित, दक्षिण अफ्रिका कपिलमान श्रेष्ठ, दक्षिण कोरिया शिवमाया तुम्बहाम्फे, पोर्चुगल प्रकाशमणि पौडेल, पाकिस्तान रिता धिताल, अस्ट्रेलिया कान्ता रिजाल राजदूतमा सिफारिस भएका छन् ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!