लन्डन २० अगस्ट २०२४ । ग्रेटर रसमूर नेपाली कम्युनिटी (जी आरएनसी)ले कारुणिक सहनशीलता नेतृत्व तालिम र प्राकृतिक हिँडाइ सम्पन्न गरेको छ ।
गत शुक्रबार १६ अगस्ट २०२४ मा डी लाउन्जमा बिहान ९ : ३० देखि २ बजेसम्म कारुणिक सहनशीलता सामाजिक नेतृत्व तालिम सम्पन्न गरिएको हो । उक्त तालिममा मन गुरुङले सामाजिक नेतृत्वले संवेदनशील समयमा कस्तो भूमिका खेल्ने, नेतृत्व भनेको के हो र यसको किसिम र अहिलेको समयमा यसको आवश्यकताबारेमा उदाहरणसहित प्रस्तुत गरेका थिए ।

त्यसैगरी इन्द्र गुरुङ र राजी श्रेष्ठ गुरुङले समाजलाई घरसँग तुलना गरी घर राम्रो हुनु पर्छ, समाज राम्रो हुनलाई र समाजले कसरी योजना र रणनीति बनाउने, अभ्यास, दिमाग, शरीरको बारेमा र आफू, घर र समाजलाई सफल बनाउने तरिका र विधिहरु सिकाएका थिए । युवादेखि सामाजिक नेतृत्वहरुको सहभागिता थियो ।
त्यसैगरी प्राकृतिक हिँडाई आइतबार १८ अगष्ट २०२४ मा बिहान ७ : ३० बजे क्वीइन्स एभ्यून्यूको कारपार्कमा जम्मा भई सुरु भएको थियो । अध्यक्ष मन गुरुङले कार्यक्रमको बारेमा संक्षिप्त जानकारी साथ इन्द्र गुरुङले कार्यकर्मको स्टेपको बारे र पञ्च तत्वसँग कसरी अभ्यास गरिन्छ भन्ने बारेमा जानकारी दिएका थिए । त्यसैगररी इन्द्र गुरुङ र राजी श्रेष्ठ गुरुङले अक्षा हेअलिङ्गबाट जनाको लागि तयारी गरेका थिए ।
पहिलो स्टेपमा इमोसनल ब्यगेगेज़ रिलिज गरेको थियो र दोस्रोमा खाली खुट्टा हिँडियो भने तेस्रोमा पनि खुट्टा राखियो , चौथोमा घामसँग सम्पर्क, पाचौंमा सेतो प्रकाशमा ध्यान र छैटौंमा रुखसँग अंकमाल गरी सबैजना फर्किएको थियो र अन्त्यमा अध्यक्ष गुरुङले सबैलाई धन्यवादसहित समाबेंसीहरुको प्रतिक्रिया सोधिएको थियो। राम्रो प्रतिक्रिया आएकोले आगामी दिनमा पनि गरिने जानकारी अध्यक्ष्य गुरुङले दिए ।

स्मरण रहोस्, तैची तालिम हप्ताको दुई दिन फार्नबोरो र अल्डरसटमा नि:शुल्क संचालन भैरहेको छ । फार्नबोरोमा शनिबार र मंगलबार मूर् पार्कमा बिहान ८ बजेदेखि ९: ३० बजेसम्म र अल्डरसट प्रिन्सेस गार्डेनमा आइतबार र बुधबार बिहान ८ बजेदेखि ९: ३० बजेसम्म संचालन भैरहेको छ । उक्त कार्यक्रमलाई द नेसनल लोटरी फन्डले सहयोग गरेको छ।






