बेलायती ट्रेड युनियनद्वारा सार्वजनिक सेवा सुधार गर्न सरकारसँग आग्रह

SHARE:

लन्डन ८ सेप्टेम्बर २०२४ । बेलायती ट्रेड युनियनहरूले नयाँ लेबर सरकारलाई सार्वजनिक सेवाहरू सुधार गर्न र काम गर्ने अवस्थामा सुधार गर्न माग गरेका छन् ।

इङ्ल्यान्ड र वेल्सका ट्रेड युनियनहरूको ठूलो हिस्साको प्रतिनिधित्व गर्ने आयोजक संस्था ट्रेड युनियन काङ्ग्रेस (टीयूसी) ले आइतबार ब्राइटनमा आफ्नो वार्षिक बैठकको आयोजना गर्दै उक्त आग्रह गरेका हुन् । “झण्डै १५ वर्षपछि लेबर पार्टीको सरकारको नेतृत्वमा ट्रेड युनियनसँगको यो पहिलो सहकार्य हो र यो श्रमिकका लागि ठूलो उपलब्धी हो,’ टीयूसीका प्रवक्ताले एएफपीसँग भने, ‘पूरै १४ वर्षको अस्त व्यस्ततापछि हामी र सरकारबीच मिलेर अघि बढ्ने सहमति भएको छ,’ उनले भने ।

लेबर पार्टी ऐतिहासिक रूपमा ट्रेड युनियन सङ्गठनहरूसँग सम्बद्ध छ र सङ्गठनहरूले पार्टीको आयमा ठूलो योगदान पुर्याउँछ । मङ्गलबारको सम्मेलनमा एक सरकारी व्यक्तित्वले बोल्ने तयारी गरिएको छ । युनियनका कतिपय नेताहरूले प्रधानमन्त्री केइर स्टार्मरले नै सम्मेलनलाई सम्बोधन गर्नसक्ने बताएका छन् तर युनियनले यसको आधिकारिकरूपमा पुष्टि गरेको छैन ।

टीयूसीले नयाँ सरकारलाई ‘सार्वजनिक सेवाहरू ठीक गर्न दीर्घकालीन योजना’ प्रदान गर्न आह्वान गरेको छ भने सरकारले पनि युनियनसम्बद्ध कर्मचारीहरूलाई आकर्षित गर्न र आफ्नो पक्षमा उभ्याउन प्रयासरत रहेको छ । हालका वर्षहरूमा कर्मचारीको तलब वृद्धि भएको छैन र कामको बोझ थपिएको छ।

कन्जरभेटिभ पार्टीको १४ वर्षको शासनपछि सत्तामा आएको लेबर पार्टीले फ्रन्टलाइन सेवामा मुद्रास्फीतिभन्दा माथिको ज्याला वृद्धिको सुनिश्चितता गरिसकेको छ । पछिल्ला केही वर्षहरूमा रेलदेखि स्वास्थ्य क्षेत्रसम्मका धेरै सेवाले हडतालको शृङ्खलाको सामना गरेका छन्।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!