नेपाल मगर संघका संस्थापक अध्यक्ष स्व. हेमबहादुर पुन मगरको २० औं स्मृति दिवस मनाइयो

SHARE:

कास्की १७ सेप्टेम्बर २०२४ । नेपाल मगर संघका केन्द्रीय संस्थापक अध्यक्ष स्वर्गीय हेमबहादुर पुन मगरको २० औं स्मृति दिवस पोखरामा मनाइएको छ । पुनले मगर समुदायका लागि मात्र नभई प्रजातन्त्र तथा देश विकासका लागि ठूलो योगदान दिएका थिए ।

हेमबहादुर स्मृति प्रतिष्ठान नेपाल र नेपाल मगर संघ कास्कीको संयुक्त आयोजनामा ‘समृद्ध मगर समाज निर्माणको लागि सम्पूर्ण मगर एक हौं’ भन्ने नाराका साथ स्मृति दिवसको मनाइएको हो । दिवस ७ वटै प्रदेशका सबै जिल्लामा विविध कार्यक्रमको आयोजना गरी मनाइएको छ ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि गण्डकी प्रदेशका उपसभामुख विनाकुमारी थापामगरले धेरै मगरहरु नेतृत्व तहमा पुग्नमा उनको ठूलो हात रहेको बताइन् । कार्यक्रममा उनका छोरा पूर्वमन्त्री उत्तम पुनमगरले प्रतिष्ठानबाट आउने फाइदा कुनै व्यक्तिगत तथा कसैको फाइदाको लागि नभइ विभिन्न आर्थिक अवस्था कमजोर भएका विद्यार्थीहरुलाई सहयोग गर्नका लागि भएको बताए ।

नेपाल पुन मगर संघ केन्द्रीय अध्यक्ष तथा नेपाल मगर संघ केन्द्रीय सल्लाहकार हर्क पहरे पुन मगर, केन्द्रीय सल्लाहकार बालकृष्ण काउछामगर र मगर मगरसंघ केन्द्रीय उपमहासचिव खेमबहादुर पुनमगरले विखण्डन र विभाजनमा सजक रहनुपर्नेमा जोड दिँदै, उनले देखाएको बाटोमा हिँड्नुपर्नेमा जोड दिए ।

गण्डकी प्रदेशका अध्यक्ष तारामाया थापा मगरले पनि शुभकामना मन्तव्य व्यक्त गरेकी थिइन् । नेपाल मगर संघका जिल्ला अध्यक्ष रामबहादुर थापा मगरले पुन, थापा, राना, आले, लगायतका सबै मगर भएकाले सबै एक भएर मगर जातिको अधिकार सुनिश्चितताका लागि अघि बढ्न सकेको अवस्थामा उनको सपना पूरा हुने विश्वास व्यक्त गरे ।

कार्यक्रमको अवसरमा जिउँदो इतिहास पुस्तक लेखक बालकृष्ण काउछा मगरलाई दोसल्लाले सम्मान गरिएको थियो । मगर संघ कास्कीका पूर्वअध्यक्ष संगिता पुन मगरको अध्यक्षतामा भएको कार्यक्रममा उद्देश्य र विषयमाथि प्रतिष्ठानका महासचिव मेघ बहादुर पुनले प्रकाश पारेका थिए भने, मगर संघ कास्कीका सचिव लालबहादुर राना मगरले कार्यक्रम सञ्चालन गरेका थिए ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!