घन पुन मगर (राजु)
गत बुधबार, २५ डिसेम्बर २०२४ का दिन पुन मगर समाज हंगकंगद्धारा बटर फलाइ बिज, चुन मुनमा वार्षिक कार्यक्रम तथा १३औ महिला/पुरुष भलिबल प्रतियोगिता सम्पन्न भएको छ।
कार्यक्रमको अध्यक्षता समाजका अध्यक्ष गउ देवि पुर्जा,संचालन सचिव चुक प्रसाद पुन,स्वागत मन्तव्य उपाध्यक्ष दिल बहादुर पुर्जाले गर्नु भएको थियो।प्रमुख अतिथि संस्थापक पूर्व अघ्यक्ष कृष्ण तिलिजा हुनहुन्थ्यो।
महिला तर्फबाट भाग लिएका टिमहरुः
1) लम्जुंग
2) स्यांजा
3) पर्बत
4) पुन कलब ए
5) घान्द्रुक
6) पुन कलब बि
7) योद्धा
पुरुष तर्फबाटः
1) बाग्लुंग
2) लम्जुंग
3) हलेसी
4) पर्बत
5) पुन कलब बि
6) घान्द्रुक
7) स्यांजा
रेफ्रिको भुमिका मन गुरुङ, राज कुमार गुरुङ , रोबिन थापा र लालकाजी रानाले निभाउनु भएको थियो।
प्रतियोगितामा महिला तर्फबाट प्रथम पुन कल्ब ए र दोस्रो घान्द्रुक भएका थिए।भने पुरुष तर्फबाट प्रथम हलेसी र दोस्रो पुन कल्ब बि भएका थिए। प्रथम हुनेलाइ HKD 10,000 दोस्रो हुनेलाइ HKD 6,000 + ट्रफि प्रदान गरिएको थियो।







