
पोखरा १२ जनवरी २०२५ । गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद् (एनआरएनए आईसीसी)ले पोखरा अन्तर्राष्ट्रिय म्याराथनका लागि साढे ७ लाख रुपैयाँ सहयोग प्रदान गरेको छ ।
मंगलबार सम्पन्न प्रेस मिट कार्यक्रममा प्रमुख अतिथि पोखरा महानगरपालिका नगरप्रमुख धनराज आचार्य र नेपाल भूतपूर्व खेलाडी मञ्चका अध्यक्ष डिलकाजी गुरूङलाई सहयोग रकम हस्तान्तरण गरिएको हो । एनआरएनए आईसीसीकी महिला सचिव राधिका गुरूङ (टिका), आईसीसी सदस्य दिलरास गुरूङ र सल्लाहकार सूर्य गुरूङलगायतको उपस्थितिमा रकम हस्तान्तरण गरिएको थियो ।
महिला सचिव राधिका गुरूङ (टिका) ले भनिन्, ‘हामी सबैको साझा उद्देश्य भनेको नेपाली खेलकुदको क्षेत्रमा योगदान पुर्याउनु हो र यस कार्यक्रमलाई सफल बनाउन हामी प्रत्येकको प्रयास महत्वपूर्ण छ ।’
नेपाल भूतपूर्व खेलाडी मञ्चले २०८१ फागुन ३ (१५ फेब्रुअरी २०२५) मा पोखरा अन्तर्राष्ट्रिय म्याराथन आयोजना गर्दैछ ।






