आउँदो मार्च १ मा बेलायतमा ‘अनलिस योअर इनर सेल्फ’कार्यक्रम हुने

SHARE:

लन्डन २६ फेब्रुअरी २०२५। बेलायतमा आउँदो १ मार्चमा अनलिस योअर इनर सेल्फको सातौं संस्करण हुने भएको छ ।

विभिन्न क्षेत्रका विज्ञहरुको प्रस्तुतिकरणसहित फानबोरोस्थित भिलेज होटलमा सेमिनार/प्रशिक्षण कार्यक्रम हुन लागेको संयोजक मान गुरुङले जानकारी दिए । उनका अनुसार कार्यक्रममा ट्रान्फमेसन, व्यवसाय, करिअर, सम्पन्न, सफलता, लगानी, कर, पोषण, मोटिभेस्नललगायत विषयमा प्रस्तुतिकरण रहनेछ ।

ग्रेटर रसमुर नेपाली कम्युनिटी यूकेका अध्यक्ष रहेका प्रशिक्षक तथा संयोजक गुरुङले रिटार्यड लेफ्टिनेट कर्णेल टोल खाम्चले नेतृत्व र करिअरबारे,व्यवसायी पुरन गिरीले इन्टरप्रेनरसिप र इन्भेस्टमेन्ट, निकिता गुरुङले युथ इन्टरप्रेनरसिप, धिरज घलेले भिटालिटी (डाइट/नुट्रेसन), कृष्ण गुरुङले ब्लक चेन टेक्नोलोजी, श्याम श्रेष्ठले लेखा, कर, व्यवसाय र लगानीबारे प्रस्तुति राख्ने बताए । संयोजक स्वयं गुरुङले ट्रान्स्फमेसन सम्बन्धी प्रशिक्षण दिनेछन् ।

 

कार्यक्रममा गोल्ड मेडल डब्लूएमसी थर्ड डान सरिना रानी घले पनि सहभागी हुनेछिन् । कार्यक्रम बिहान ९:३० देखि ३ बजेसम्म हुने छ ।

 

सहभागीका लागि सिल्लभर ५५ पाउन्ड, गोल्ड १ सय २५ पाउन्ड र सोलिटायर ११ सय २५ पाउन्ड निर्धारण गरिएको छ । उक्त कार्यक्रमका लागि गोल्ड स्पोन्सर पीएनआर इन्भेस्टमेन्ट र सिल्भर स्पोन्सरमा पेपरवर्क सोलुसन लिमिटेड र रकेट मोर्गेज रहेका छन् ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!