बेलायतले सुरु गर्‍यो साइबर अपराधविरुद्ध सचेतना अभियान

SHARE:

लन्डन २८ फेब्रुअरी २०२५ । बेलायत सरकारले भिसा ठगी विरुद्ध सचेतना जगाउन ‘भिसा फ्रड टन बचाओ’ नामक अभियान सुरु गरेको छ ।

बेलायत यात्रा गर्ने मानिसहरूलाई तथ्यहरू जाँच्न र सुरक्षित रहन प्रोत्साहित गर्दै, सरकारले उक्त अभियान सुरु गरेको छ । “अभियानले भिसा घोटाला रणनीतिहरूको बारेमा जागरूकता जगाउनेछ । साथै, अभियानले मानिसहरूलाई शोषण, आर्थिक क्षति र भावनात्मक सङ्कटबाट जोगाउन मद्दत गर्नेछ । यसले बेलायत भ्रमण गर्नेहरूलाई तथ्यहरू जाँच्न र सुरक्षित रहन प्रोत्साहित गर्दछ ।”

बेलायत सरकारले नागरिकहरूलाई भिसा जालसाजी, आर्थिक र भावनात्मक जोखिमहरूबाट आफूलाई जोगाउन मद्दत गर्न फेब्रुअरी २७ मा ’भिसा फ्रड तोन बचाओ’ अभियान सुरु गरेको थियो ।

“भिसा जालसाजीले मानिसहरूलाई शारीरिक हानि र शोषणको जोखिममा राख्छ । भिसा जालसाजी गरेको पाइएमा बेलायतको यात्रामा १० वर्षको प्रतिबन्ध लाग्न सक्छ । उक्त अभियानले अनियमित आप्रवासन र भिसा जालसाजी विरुद्धको लडाइलाई प्रतिनिधित्व गर्दछ,” उच्चायोगको विज्ञप्तिमा भनिएको छ ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!