नेपाली राष्ट्रिय खेलाडी फारमबहादुर महत बेलायतमा सम्मानित

SHARE:

लन्डन १६ मार्च २०२५ । नेपाली राष्ट्रिय खेलाडी फारमबहादुर महत बेलायतमा सम्मानित भएका छन् ।

नेपाली राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघ बेलायतले हाइवेकमस्थित डल्फिन आइ रेष्टुरेन्टमा आयोजित विशेष समारोहमा महतको खेलकुद क्षेत्रमा योगदान तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा उनको सहभागितालाई कदर गरिएको हो । सो अवसरमा नेपालका पूर्व विश्व कीर्तिमानी क्योकुसिन च्याम्पियन सुरज कार्की एवं संघका अध्यक्ष सिद्धार्थ विक्रम क्षेत्रीले महतलाई औपचारिक रुपमा स्वागत सम्मान गरे ।

महत आइटीएफ तेक्वान्दो लन्डनमा आयोजना हुने अन्तर्राष्ट्रिय सेमिनारमा सहभागी हुन आएका हुन् । साथै उनी आगामी अक्टोबरमा इटालीमा हुने विश्व च्याम्पियनसीपमा प्रतिष्पर्धा गर्न लागेका छन् ।

गण्डकी प्रदेश आइटीएफ तेक्वान्दो नेपालका प्रमुख प्रशिक्षक तथा राष्ट्रिय प्रदर्शन संयोजक महतले नेपालको तेक्वान्दो खेल विकासमा महत्वपूर्ण भूमिका खेलेका छन् ।

संघका अध्यक्ष सिद्धार्थ विक्रम क्षेत्रीले महतलाई सम्मानस्वरूप मायाको चिनो प्रदान गर्दै उनको आगामी प्रतियोगिताका लागि शुभकामना दिए । कार्यक्रममा पूर्व राष्ट्रिय तेक्वान्दो खेलाडी राजेश कार्की लागायत यूकेस्थित व्यवसायी, पत्रकार तथा खेलकुद क्षेत्रका व्यक्तित्वहरूको उपस्थिति थियो ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!