दक्षिण कोरियाली पूर्व राष्ट्रपति लीलाई १५ वर्ष कारागार

SHARE:

सिओल । दक्षिण कोरियाका पूर्व राष्ट्रपति ली म्युङ बाकलाई पदमा हुँदा भ्रष्टाचार र शक्तिदुरुपयोग गरेको ठहर गर्दै यहाँको एक अदालतले १५ वर्षको जेल सजाय सुनाएको छ ।

घुस लिएको, आर्थिक हिनामिना गरेको र शक्तिदुरुपयोग गरेको अभियोग प्रमाणित भएको भन्दै अदालतने उनलाई झन्डै एक करोड १५ लाख डलर जरिवाना तिर्न आदेश गरेको छ ।

सन् २००८ देखि २०१३ सम्म दक्षिण कोरियाली सत्ता सम्हालेका ७६ बर्षीय लीले आफूविरुद्ध लगाइएका अभियोगहरू राजनीतिक रूपमा अभिप्रेरित भएको दाबी गर्दै आएको छ । दक्षिण कोरियामा जेल जाने उनी चौँथा पूर्व नेता हुन् ।

उनकी उत्तराधिकारी पार्क गुन हेलाई गत अप्रिल महिनामा कारागार पठाइएको थियो ।

शक्तिदुरुपयोग गरेको र अरूलाई दबाव दिएको अभियोगमा पार्कलाई ३३ वर्षको जेल सजाय सुनाइएको थियो ।
पार्कलाई सिओलको पुनरावेदन अदालतले लामो समयदेखि घनिष्ठ सम्बन्ध रहेका साथी चोई सुन–सिलको प्रभावमा परी भ्रष्टाचार गरेको अभियोगमा उक्त जेल सजाँय तोकेको थियो ।

उनीविरुद्ध ठूला विरोधका कार्यक्रमपछि महाभियोग लगाई पदमुक्त गरिएको थियो । यसरी पदमुक्त हुने उनी प्रथम निर्वाचित राष्ट्रपति थिए।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!