मस्को । रुसको टीभेर क्षेत्रमा भएको बस दुर्घटनामा परी कम्तीमा १३ जनाको मृत्यु भएको छ ।
टिभेरदेखि रज्हेभसम्मको राजमार्गमा दुर्घटना भएको क्षेत्रीय गभर्नर इगोर रुडेन्याले एक वक्तव्यमार्फत जानकारी दिए ।
घटनामा परी घाइते भएका अन्य तीन जनलाई स्थानीय अस्पतालमा उपचार गराइएको उनले बताए ।






