नेपाली राजदूत घिमिरेले बुझाए बेलायती राजा चार्ल्स तृतीयलाई ओहोदाको प्रमाणपत्र

SHARE:

लन्डन १ मे २०२५। बेलायतका लागि नेपाली नवनियुक्त राजदूत चन्द्रकुमार घिमिरेले बिहीबार राजा चार्ल्स तृतीयसमक्ष आफ्नो ओहोदाको प्रमाणपत्र पेस गरेका छन् । बकिङ्घम दरबारमा एक औपचारिक कार्यक्रमबीच ओहोदाको प्रमाणपत्र पेस गरेका हुन् । उक्त समारोहमा राजदूत घिमिरेले नेपालका राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री केपी शर्मा ओलीको शुभकामना सन्देश पनि सुनाए ।

सो अवसरमा राजा चार्ल्सले राजदूत घिमिरेलाई उनको नियुक्तिप्रति बधाई दिंदै नेपालसँगको द्विपक्षीय सम्बन्ध सुदृढ पार्न बेलायती प्रतिबद्धता व्यक्त गरे ।

राजदूत घिमिरेले नेपाल र बेलायतबीचको दुई शताब्दीभन्दा लामो अटल मित्रतामा जोड दिंदै नेपालको सामाजिक-आर्थिक विकास पहलहरूमा बेलायतको निरन्तर सहयोगका लागि कृतज्ञता व्यक्त गरेको दूतावासले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!