डायमन्ड बुद्धिस्ट सेन्टर यूकेले १२ मे मा २५६९औं बुद्ध जयन्ती मनाउने

SHARE:

लन्डन ४ मे २०२५। डायमन्ड बुद्धिस्ट सेन्टर यूकेले यही १२ मे मा २५६९औं बुद्ध जयन्ती मनाउने भएको छ ।

प्रत्येक वर्ष मनाउँदै आएकॊ भगवान् बुद्धकॊ जयन्ती यस साल १७ए विलेनहल रॊड, विलविच लन्डन, एसई१८ ६टिवाईस्थित डायमन्ड बुद्धिस्ट सेन्टर यूकेकॊ गुम्बामा विविध कार्यक्रमसहित सम्पन्न हुन लागेको हो । त्यसैदिन प्रत्येक वर्ष गरिने शान्ति पदयात्रा पनि शहरकॊ परिक्रमा गरेर सम्पन्न गरिने आयोजकले जनाएको छ । यस वर्षकॊ लागि कार्यक्रमकॊ भॊजनदान संस्थाका निवर्तमान अध्यक्ष यॊगेश गुरुङ र उनकॊ श्रीमती मिना गुरूङले प्रायॊजन गरेका छन् ।

बौद्ध अनुयायीहरूकॊ लागि पूण्य सन्चय, संसारका सम्पूर्ण प्राणीहरूकॊ हित र यस महान् दिनलाई सफलतापूर्वक पूजा गरेर सम्पन्न गर्नका लागि संस्थाका मूलगुरू खेनरिम्पॊचे शिरलामा गुरूङ नेपालबाट ५ मई २०२५कॊ दिनमा बेलायत आउँदैछन् । उनकॊ करकमलबाट यस सालकॊ बुद्ध जयन्ती भव्यताकॊ साथमा सम्पन्न गर्न तयारी भइरहेकॊ पनि आयोजकले जनाएको छ ।

कार्यक्रमकॊ संयॊजक संस्थाका संस्थापक अध्यक्ष सुमलकुमार गुरुङ, सह-संयॊजकद्वय क्रमशः संस्थाका प्रमुख सल्लाहकार राम गुरूङ र उपाध्यक्ष सुशील प्रजापति रहेका छन् । यसपाली बुद्ध फाउन्डेसन यूके पनि यस कार्यक्रममा सहभागिता जनाउँदै छ ।

विगत ११ वर्षदेखि लन्डन जस्तॊ विश्वकै आईकॊनिक शहरमा शान्ति पदयात्रा गरेर विश्वसामु नेपाल र भगवान् बुद्धलाई चिनाउने प्रयास यस शान्ति पदयात्राले गर्दै आइरहेकॊ आयोजकको भनाइ छ ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!