ऊर्जा राज्यमन्त्री खमबहादुर गर्बुजाद्वारा शपथग्रहण र पदबहाली

SHARE:

काठमाडौँ ४ मे २०२५ । ऊर्जा, जलस्रोत तथा सिँचाइ राज्यमन्त्री खमबहादुर गर्बुजामगरले पदबहाली गरेका छन् ।

राज्यमन्त्री खर्बुजाले आइतबार प्रधानमन्त्री केपी शर्मा ओलीबाट शपथग्रहण गरेपछि सिंहदरबारस्थित ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमा पुगेर पदबहाली गरेका हुन् ।

पदबहालीपछि सञ्चारकर्मीसँग सङ्क्षिप्त कुराकानी गर्दै उनले देश र जनताका पक्षमा काम गर्ने बताए । उनले मन्त्रालयलाई सफल पार्न सबैको साथ र सहयोग आवश्यक रहेको उल्लेख गरे ।

नेपाली कांग्रेस म्याग्दीका सभापति एवम् म्याग्दीबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित गर्बुजालाई प्रधानमन्त्री ओलीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले यही वैशाख १७ गते राज्यमन्त्री पदमा नियुक्त गरेका थिए ।

राज्यमन्त्री पदभार समाल्नुहुँदै
काठमाडौँ, २१ वैशाखः नवनियुक्त ऊर्जा, जलस्रोत तथा सिँचाइ राज्यमन्त्री खमबहादुर गर्बुजा आइतबार सिंहदबारस्थित कार्यालयमा पदभार समाल्नु हुँदा कार्यालयका पदाधिकारी निर्देशन दिनुहुँदै । तस्बिरः अच्युत रेग्मी÷रासस

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!