यती नेपाली एसोसिएसन यूके अध्यक्षमा भट्टराई सर्वसम्मत

SHARE:

लन्डन ५ मे २०२५ । यती नेपाली एसोसिएसन यूकेको अध्यक्षमा टंकप्रसाद भट्टराई चयन भएका छन् ।

लन्डन साउथ ह्यारोस्थित ह्यारो बरो फुटबल क्लबमा आइतबार ४ मेमा सम्पन्न संस्थाको ३१ औं अधिवेशनले भट्टराईको नेतृत्वमा नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको हो । भट्टराई यसअघि महासचिव थिए ।

नयाँ कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा वसन्त राय क्षेत्री, उपाध्यक्ष राज पाण्डे, महासचिव आशिषराज पन्त, उपमहासचिव सुष्मा पौडेल, कोषाध्यक्ष मणीकला राई गुरुङ, खेलकुद सचिव हरि रेग्मी, सामाजिक सचिव क्षमता ढकाल, सांस्कृतिक सचिव गोपाल बस्नेत र प्रकाशन सचिवमा आशीष महर्जन चुनिएका छन् ।

सदस्यहरुमा जेनिस गिरी, रश्मी सिंह राणा, प्रशान्त खड्का, लक्ष्मण पाण्डे, सुरेशकुमार राई, टंकबहादुर गुरुङ र रुक्मिणी थापा निर्विरोध निर्वाचित भएका छन् ।

नयाँ कार्यसमिति चयनका लागि निर्वाचन समिति संयोजकमा यती पूर्वअध्यक्ष उमेशराज मोक्तान र सदस्यहरुमा शशीधर नेपाल, राजन खकुराल र शंकरप्रसाद दाहाल थिए ।

अध्यक्ष निर्वाचित भएपछि भट्टराईले लामो इतिहास बोकेको यस संस्थालाई समयअनुसार अघि बढाउन आफूलाई प्रस्तुत गर्ने प्रतिबद्धता व्यक्त गरे ।

 

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!