
लन्डन १० मे २०२५ । मर्दिखोला समाज यूकेको आज शनिबार १० मे मा वार्षिक भेटघाट हुँदै छ ।
गायक शितल गुरुङ र गायिका पवित्रा गुरुङको सांगीतिक प्रस्तुतिसहित भेटघाट कार्यक्रम हुन लागेको हो । कार्यक्रममा उपस्थित सबैलाई खाना नि:शुल्क उपलब्ध गराइने आयोजकले जनाएको छ ।
कार्यक्रम अल्डरसटस्थित एम्पायर हलमा हुने छ । समय दिउँसो १ बजेदेखि राति ११ बजेसम्म तोकिएको छ । कार्यक्रममा राफल ड्रसमेत हुने मर्दिखोला समाज यूकेले जनाएको छ ।
आवश्यक जानकारीका लागि भगवान गुरुङ, मिलन गुरुङ, चन्द्रसिंह गुरुङ र मिलन तमुलाई सम्पर्क गर्न सकिनेसमेत जनाइएको छ ।






