साउथ इष्ट रिजनल तमुधिं लन्डनमा नयाँ कार्यसमिति चयन, अध्यक्षमा शिवराम गुरुङ बीईएम

SHARE:

तस्बिर : पार्वती गुरुङको फेसबुक वालबाट

लन्डन ११ मे २०२५ । साउथ इष्ट रिजनल तमुधिं लन्डनमा नयाँ कार्यसमिति चयन भएको छ ।

प्लमस्टिडमा शनिबार भएको २३ औं वार्षिक साधरणसभा तथा १० औं अधिवेशनले समाजसेवी शिवराम गुरुङ बीईएमको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो । उनी यसअघि उपाध्यक्ष थिए ।

उपाध्यक्षहरुमा मिना गुरुङ र याम गुरुङ, सचिव कमल गुरुङ, सहसचिव सुशील गुरुङ, कोषाध्यक्षमा दिक्पाल गुरुङ, सहकोषाध्यक्ष दिता गुरुङ चयन भएका छन् ।

त्यसैगरी, सदस्यहरुमा पानबहादुर गुरुङ, नन्दराज गुरुङ, प्रेमबहादुर गुरुङ, याम गुरुङ (पुष्पा), सर्जु गुरुङ, खड्कबहादुर गुरुङ, मनिता घले, टिक शुभ गुरुङ, रुपमाया गुरुङ, रन्जु घोताने, चिज गुरुङ, भिमकुमारी गुरुङ, लक्ष्मी गुरुङ र सविता गुरुङ चयन भएको । निर्वाचन प्रमुख आयुक्त योगेश गुरुङले जानकारी दिए ।

नवनिर्वाचित कार्यसमितिको नाम घोषणा गरेका थिए भने सदस्यसचिव एवं पूर्वअध्यक्ष हरिगोविन्द गुरुङले कार्यसमितिलाई शपथ खुवाएका थिए ।

निर्वाचन समितिमा योगेश गुरुङ प्रमुख निर्वाचन आयुक्त, पूर्वअध्यक्ष हरि गोविन्द गुरुङ सचिव र सल्लाहकार जगदीश गुरुङ सदस्य थिए ।

नयाँ कार्यसमिति चयन अघी प्रेमकुमार गुरुङको सभापतित्वमा भएको वार्षिक साधारणसभाले आर्थिक र वार्षिक प्रतिवेदन पारित गरेको थियो ।

महासचिव कमल गुरुङले कार्यक्रम सञ्चालन गर्दै आफ्नो प्रतिवेदन पेस गरेका थिए । पूर्वअध्यक्षहरुले शुभकामना मन्तव्य राखेका थिए । कोषाध्यक्ष सुवास गुरुङले आफ्नो वार्षिक प्रतिवेदन गरी अनुमोदन गराइएको थियो । संस्थाको विधान संशोधन प्रस्ताव सुमलकुमार गुरुङले राखेका थिए ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!