नेपाल आदिवासी जनजाति महासंघ बेलायतको ‘वार्षिक भेटघाट तथा डिनर नाइट’ सर्‍यो

SHARE:


लन्डन ११ मे २०२५ । नेपाल आदिवासी जनजाति महासंघ बेलायतको यही मे २४ का लागि तोकिएको ‘वार्षिक भेटघाट तथा डिनर नाइट’ सरेको छ ।

शनिबार १० मेमा संस्थाका सल्लाहकार, जातीय संगठन, मूलवासी एकता मञ्च, महिला महासंघ, पत्रकार महासंघ र युवा महासंघको संयुक्त बैठकले २४ मे मा अन्य संस्थाहरुका धेरै कार्यक्रम परेकाले महासंघको भेटघाट तथा डिनर नाइट सार्ने निर्णय गरेको गरेको हो ।

‘बैठकमा वार्षिक भेटघाट तथा डिनर नाइट शनिबार २४ मे २०२५ को विषयमा बृहत छलफल भएको थियो । समग्र जानकारी अनुसार शनिबार २४ मे को दिन धेरै कार्यक्रमहरु हुने जानकारीमा आएको, जसले गर्दा हाम्रा धेरै जातिय संस्थाहरु अरु कार्यक्रममा पनि संलग्न हुने भएको हुनाले शनिबार २४ मे को दिन हुन लागेको हाम्रो वार्षिक भेटघाट तथा डिनर नाइट केही समयको लागि पर सारिएको जानकारी दिन चाहन्छौं,’ महासंघ बेलायतका अध्यक्ष मेजर योगेश कोयी राई र महासचिव फ्रम दुराले आइतबार जारी सूचनामा उल्लेख छ ।

अर्को मिति कहिले र कसरी गर्ने भन्ने निर्णय सोमबार १९ मेको साँझ गरिने जुम मिटिङले तय गर्ने उनीहरुले जनाए छ । सम्भाव्य मितिहरु शनिबार २१ जुन, शनिबार २८ जुन, शनिबार ०५ जुलाई २०२५ लाई प्रस्ताव गरिएको छ । अध्यक्ष राई र महासचिव दुराले १९ मेको जुम कन्फरेन्स कलमा उपस्थिति भई दिन अनुरोध गरेका छन् ।

महासंघ बेलायतले अल्डरसटस्थित डिलाउन्ज रेस्टुरेन्टमा च्यारिटी डिनर नाइट तय गरेको थियो । उक्त कार्यक्रम संयुक्त अधिराज्य (बेलायत)का लागि नेपाली राजदूत चन्द्रकुमार घिमिरेको प्रमुख आतिथ्यता र विभिन्न जातीय संगठनहरुका प्रमुख तथा प्रतिनिधि र विशिष्ट व्यक्तित्वहरुको उपस्थितिमा हुने जनाइएको थियो । कार्यक्रमको सहआयोजकहरुमा आदिवासी जनजाति महिला महासंघ बेलायत, आदिवासी जनजाति युवा महासंघ बेलायत, आदिवासी जनजाति पत्रकार महासंघ बेलायत र नेपाल मूलवासी एकता (NIU) रहेका रहने छन् ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!