सेवारो कलाकार संघ युकेले मनायो यक्‍वा तङ्नाम

SHARE:

नगेन्द्र नेम्बाङ

लन्डन १४ मे २०२५ । सेवारो कलाकार संघ यूकेले लिम्बुहरुको मौलिक चाड यक्‍वा तङ्नाम मनाएको छ ।

गत शनिबार १० मेमा टीएनजिसी कम्युनिटी हल ग्रेजमा विविध कार्यक्रम आयोजना गरी यक्‍वा तङ्नाम मनाइएको हो । अध्यक्ष इन्दु पङ्धाक इस्बोको अध्यक्षतामा भएको औपचारिक कार्यक्रमको पहिलो चरण सिमेभूमे प्राकृतिक माताप्रति पूजा आराधना गरिएको थियो ।

कार्यक्रममा स्वागत मन्तव्य उपाध्यक्ष महेस्वरी नेम्बाङले राखेकी थिइन् । कार्यक्रमको अवधिमा स्वास्थ्य सुरक्षासम्बन्धी अपनाउनु पर्ने नियमहरु महासचिव माक्सती ओख्रबुले जानकारी गराएका थिए । औपचारिक कार्यक्रम प्रमुख अथिति वयोवृद्ध गौरी माया तामादेन र अध्यक्ष इन्दु पङ्धाक इस्बोले सामूहिक रुपमा दिप प्रज्वलन गरी उद्घाटन गरेका थिए ।

तङ्नामको अवसर पारेर उपाध्यक्ष अग्निप्रसाद केदेमको दोस्रो गीति एल्बम ‘पैसा’ विमोचन गरिएको थियो । कार्यक्रममा राष्ट्रिय गायक नेपाली तारा दिपक लिम्बुको आथित्यता थियो ।

कार्यक्रममा अथितिहरु संस्थापक अध्यक्ष काजीमान याक्सो, पाँचथर समाज सेवा युकेकी अध्यक्ष शान्ति लिम्बु, संघीय लोकतान्त्रिक मन्च यूकेकी अध्यक्ष शर्मिला याक्सो, किरात याक्थुङ चुम्लुङ युकेकी उपाध्यक्ष सानु सुब्बा, सहसचिव शकुन्तला नेम्बाङ, उपाध्यक्ष सन्तकुमार हुक्पा चोङ्बाङ, किरात याक्थुङ चुम्लुङ थोरक शाखा अध्यक्ष युवराज इस्बोको उपस्थिति रहेको थियो ।

लिम्बुहरुको बाक्लो उपस्थितिमा सम्पन्न भएको कार्यक्रममा यक्वा तङ्नाम के हो ?, किन मनाइन्छ, यसको महत्वबारे उपाध्यक्ष जय मादेम्बाले प्रस्ट्याएका थिए भने गीतकार केदेमले गीति एल्बम ‘पैसा’को बोलेका थिए ।

कार्यक्रमको दोस्रो चरण मनोरन्जनात्मक कार्यक्रममा गितकार धनु याक्खा, दिलु मादेन, माक्सती ओख्रबु, गङ्गा लिम्बु, निवर्तमान अध्यक्ष दुर्गा पाङ्मा लिम्बु, राजेन्द्र नेम्बाङ, काजीमान याक्सो समेतले यालाङ (धान नाच), केलाङ (च्याब्रुङ नाच) नाचे भने लोकप्रिय कलाकार दिपक लिम्बुले विभिन्न नेपाली गीत गाएर माहोल तताएका थिए ।

इन्दु पङधाक इस्बोको अध्यक्षतामा सम्पन्न तङनाम कार्यक्रम औपचारिक कार्यक्रम महासचिव माक्सोती ओख्रबुले सन्चालन गरेका थिए भने मनोरन्जनात्मक कार्यक्रम कोषाध्यक्ष सानु सुब्बाले सन्चालन गरेका थिए ।

 

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!