लिलाले सम्हालिन् जीआरएनसी यूकेको अध्यक्षको जिम्मेवारी

SHARE:


लन्डन १८ मे २०२५ । ग्रेटर रस्मूर नेपाली कम्युनिटी (जीआरएनसी) यूकेको अध्यक्षको जिम्मेवारी लिला सेलिङ माबोलाई दिइएको छ ।

अल्डरसटस्थित जीआरएनसीको हलमा आइतबार १८ मे २०२५ मा आयोजित पद हस्तान्तरण र ग्रहण कार्यक्रममा आलोपालो नेतृत्व लिने सहमतिअनुरुप अध्यक्ष मान गुरुङले अर्की अध्यक्ष लिला सेलिङ माबोलाई जिम्मेवारी सुम्पिएका हुन् । डेढ वर्षअघि १० नोभेम्बर २०२३ मा भएको जीआरएनसी यूकेको अधिवेशनबाट आलोपालो नेतृत्वका लागि मान गुरुङ र लीला सेलिङ माबो अध्यक्षमा चयन भएका थिए ।

अध्यक्ष गुरुङले पूर्वसहमतिअनुसार १८ महिना कार्यभार सम्हाल्ने पछि माबोलाई अध्यक्षको जिम्मेवारी हस्तान्तरण गरेका हुन् । माबोले अब १८ महिना जीआरएनसीको नेतृत्व गर्नेछिन् ।

कार्यसमितिको ४ उपाध्यक्षमा सुष्मा गुरुङ (महिला), उत्तर गुरुङ, डा.विशाल गुरुङ र जीत मेन्याङ्बो छन् । यस्तै महासचिवमा सुनील राना रहेका छन् । कोषाध्यक्षमा श्याम श्रेष्ठ, सहकोषाध्यक्षमा सुमन पुन, मिडिया सेक्रेटरीमा गोर्खा मिडियाका प्रबन्ध निर्देशक मिलन तमु, सदस्यहरुमा गोमा राना, हेमकुमार गुरुङ, नारायण गिरीलगायत छन् ।

अध्यक्ष मान गुरुङको अध्यक्षतामा भएको ह्यान्डओभर एन्ड टेकओभर कार्यक्रममा स्वास्थ्य तथा सुरक्षाबारे सचिव प्रजेश श्रेष्ठले जानकारी दिएका थिए । महासचिव सुनिल रानाले सञ्चालन गर्नुभएको कार्यक्रममा उपाध्यक्ष डा विशाल गुरुङले स्वागत मन्तव्य राखेका थिए भने अध्यक्ष मान गुरुङले आफ्नो कार्यावधिमा भएका उपलब्धिबारे जानकारी गराए ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!