नेपाली समाज विल्टशायर यूकेको अध्यक्षमा रन्जन मल्ल

SHARE:

जयराम तामाङ
लन्डन १९ मे २०२५ । नेपाली समाज विल्टशायर यूकेको अध्यक्षमा रन्जन मल्ल निर्विरोध निर्वाचित भएका छन् ।

समाजको यही आइतबार १८ मे २०२५ मा सुइन्डनको टाउन नजिकै रहेको द काउ पबमा सम्पन्न अधिवेशनले मल्लको नेतृत्वमा नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको हो । उपाध्यक्षमा हरिभक्त लिम्बु, रुपाकुमारी गुरुङ, सचिवमा बिष्णु गुरुङ, सहसचिवमा कमल गुरुङ,कोषाध्यक्षमा तिल मगर र सहकोषाध्यक्ष यमुना आले चयन भए ।

यस्तै ज्येष्ठ नागरिक संयोजक दिनाकर मल्ल, सांस्कृतिक संयोजक बबिता कुँवर,खेलकुद संयोजक दिपेश गुरुङ निर्विरोध निर्वाचित भएको निर्वाचन समिति सदस्य एवं चितवन समाज यूकेका पूर्वअध्यक्ष देवेन्द्र श्रेष्ठले जानकारी दिए ।

लेडिज कोअर्डिनेटर, युथ कोअर्डिनेटर, पब्लिक रिलेसन अफिसर, फुड कोअर्डिनेटरमा पछि मनोनयन गरिने जनाइएको छ ।

नयाँ कार्यसमिति चयनका लागि अध्यक्ष क्याप्टेन रिटायर्ड आइतराम गुरुङ, सचिव भवानी गुरुङ, सदस्य क्या रि गजेन्द्र देवान, सदस्य देवेन्द्र श्रेष्ठ र सदस्य सुशील पौडेल रहेको निर्वाचन समिति बनाइएको थियो ।

अधिवेशन अध्यक्ष ज्ञानप्रसाद गुरुङको अध्यक्षतामा सम्पन्न भएको हो । ज्ञानप्रसाद दुई कार्यकालमा ५ वर्ष ३ महिनासम्म नेपाली समाज विल्टशायरको नेतृत्वमा रहँदा विभिन्न उल्लेखनीय कार्य गरेका थिए ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!