मंगल बुद्ध विहार यूकेले मनायो बुद्ध जयन्ती

SHARE:


घन पुन मगर
लन्डन । मंगल बुद्ध विहार यूकेले २६४९ औं बुद्ध जयन्ती मनाएको छ ।

गएको शनिबार १७ मे २०२५ का दिन वर्नहिल कम्युनिटी सेन्टर एन्ड सोसियल क्लब हेजमा बुद्ध जयन्ती मनाइएको हो । मगर संघ यूकेका संस्थापक अध्यक्ष थर्क राना मगर, मगर संघ यूकेका उपाध्यक्ष विष्णु श्रीस मगर, सिनियर वापा तुल्से थापा मगर, अध्यक्ष इन्द्र पुन मगर र उपाध्यक्ष इन्दिरा दर्लामी मगरले दीप प्रज्वलन गरेर कार्यक्रम उद्घाटन गरेका थिए ।

सचिव जगत आलेले सञ्चालन गरेको कार्यक्रममा सहसचिव गन्ज आलेले हेल्थ एन्ड सेफ्टी ब्रिफिंग र स्वागत मन्तव्य उपाध्यक्ष टिका दर्लामीले राखेका थिए । इन्द्रशक भन्तेबाट बुद्ध पूजा गरिएको थियो । जुममार्फत नेपालबाट अनागारिका विमलत्राणी धम्मचरिय गुरुमाबाट दश संयोजन (बन्धन) को देशना गरिएको थियो ।
अध्यक्ष इन्द्र पुन मगरले संस्थाले गर्दै आएका कामहरु र आउँदा दिनमा हुने धम्म दिपामा अगस्ट ६-१७ सम्मको हिन्दी/नेपाली विपश्यना ध्यान, १ सेप्टेम्बरदेखि १६ फेब्रुअरी २०२६ सम्म जुममार्फत हुन गइरहेको परियत्ति (नैतिक) शिक्षाको कलास, विहार प्रोजेक्ट २०२५ लगायत प्रकाश पारेका थिए ।

सुमना भन्तेबाट भगवानको शिक्षा बुझ्न सक्यो भने हामीलाई शान्तिको नजिक लगिन्छ भन्दै धर्म देशना गरेका थिए । नेपालमा १० दिनको अल्पकालीन प्रवज्जा (भिक्षु-भिक्षुणी) पूरा गरेका धर्म मित्रहरु राम बहादुर थापा मगर, अमर पुन मगर, गजबिर थापा मगर, टेक खपांगी मगर, चन्द्र राना, रिम गलामी मगर, कृष्ण दर्लामी, दण्द थापा मगर, जगत आले, इन्दिरा दर्लामी, हेमा थापा मगर, इन्दिरा गलामी, सितादेवी रानालाई इन्द्रशक भन्तेबाट खादा लगाइ सम्मान गरिएको थियो भने नयाँ सदस्यहरुलाई भन्तेबाट संस्थाको ब्याच लगाइदिएको थियो ।

१५ मिनेटको ध्यान भन्तेबाट गराएपछि पदाधिकारीहरुबाट संघ दान र उपस्थित कल्याण मित्रहरुबाट दान गरिएको थियो ।

अन्तमा इन्द्रशक भन्तेबाट दानसम्बन्धी धर्म देशना दिएपश्चात् पुन्य अनुमोदन गरी यस वर्षको बुद्ध जयन्ती कार्यक्रम समापन गरिएको थियो ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!