मनोक्रान्तिका प्रणेता डा.योगी विकाशानन्द बेलायत आइपुगे

SHARE:

 

लन्डन २३ मे २०२५ । मनोक्रान्तिका प्रणेता डा.योगी विकाशानन्द र रेकी ग्रान्ड मास्टर कमलेश्वरी बेलायत आएका छन् ।

मनोक्रान्ति टिम यूकेको निमन्त्रणामा गुरु डा.योगी विकाशानन्द, रेकी ग्रान्ड मास्टर कमलेश्वरी र छोरा क्वान्टम संबुद्ध शुक्रबार (२३ मे)को साँझ लन्डनस्थित हिथ्रो एयरपोर्ट ओर्लिएका हुन् । उनीहरुलाई मनोक्रान्ति टीम यूकेका संयोजक तथा पत्रकार नगेन्द्रराज नेम्बाङलगायतले विमानस्थलमा स्वागत गरे ।

मनोक्रान्ति टिम यूकेका संयोजक नगेन्द्रराज नेम्बाङ र मनोक्रान्ति टिम यूकेको स्पोन्सरसिपमा डा.योगी विकाशानन्द र कमलेश्वरी यहाँ आएका हुन् । उनीहरुले बेलायतवासीहरुलाई मनोक्रान्ति शिक्षण/प्रशिक्षण दिनेछन् ।

२ हप्ताका लागि बेलायत आएका उनीहरुले मे २६ देखि ३० तारिखसम्म ‘मिर्मिरे बिहानीमा ज्ञानको किरण’ प्रशिक्षण दिनेछन् । मनोक्रान्ति टीम यूकेको आयोजनामा हुने कुन्डलिनी योग र चक्र ध्यान, रेकी साधना कार्यक्रम अल्डरसटस्थित एम्पायर हलमा बिहान ८ बजेबाट बेलुकी ५ बजेसम्म सञ्चालन हुनेछ ।

कार्यक्रममा नेपाली राजदूत चन्द्रप्रसाद घिमिरे, बेलायतमा सक्रिय नेपाली संघ संस्थाका अध्यक्ष तथा प्रतिनिधिहरु उपस्थित हुने छन् । प्रशिक्षण कार्यक्रममा सशुल्क हुनेछ । उक्त कार्यक्रममा प्रायोजन गर्न सकिने पनि जनाइएको छ ।

यसैबीच, मे २५ तारिखमा तमुधीं यूकेको आयोजनामा हुने गोर्खाकप २०२५ मा मनोक्रान्ति प्रशिक्षण गराइने छ । जहाँ डा.योगी विकाशानन्दले मनोक्रान्ति प्रशिक्षण १ घण्टा दिने मनोक्रान्ति टीम यूकेका अध्यक्ष नेम्बाङले बताए ।

 

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!