एनआरएनए यूकेद्वारा परराष्ट्र मन्त्रालयको निर्णयको स्वागत

SHARE:

लन्डन २३ मे २०२५ । महेशकुमार श्रेष्ठ नेतृत्वको गैरआवासीय नेपाली संघ (एनआरएनए)को कार्यसमितिलाई आधिकारिकता दिने नेपालको परराष्ट्र मन्त्रालयको निर्णयलाई गैरआवासीय नेपाली संघ (एनआरएनए) यूके अध्यक्ष प्रेम गाहा मगरले स्वागत गरेका छन्।

उनले यो निर्णयले एनआरएनएभित्रको अन्योलता अन्त्य गरी संस्थालाई मजबुत बनाएको र महेशकुमार श्रेष्ठको नेतृत्वमा संस्था नयाँ उचाइमा पुग्ने विश्वास व्यक्त गरे । एनआरएनए यूकेका प्रवक्ता डा. कुलप्रसाद कँडेलले संस्थालाई सबैको साझा थलो बनाउन र अपनत्वको अनुभूति गराउन सबै पक्षसँग सकारात्मक संवाद र सहकार्य गर्न आफूहरु सधैँ तयार रहेको बताएका छन् ।

परराष्ट्रले श्रेष्ठ नेतृत्वको गैरआवासीय नेपाली संघ (एनआरएनए)को कार्यसमितिलाई आधिकारिकता दिँदै बिहीबार विश्वभरका नेपाली दूतावासहरुलाई सर्कुलर पठाएको छ ।

एनआरएनएभित्र केहि विवादका बीच वैशाख २०-२१ गते एकता महाधिवेशन भयो, जसमा बद्री केसी पक्ष सहभागी थिएन र आफूलाई ११औँ महाधिवेशनबाट निर्वाचित भनी सर्वोच्चको परमादेशवाट गठित उच्च स्तरीय समितिलाई नमान्ने जिकिर गर्दै आएको थियो । केसी पक्षलाई प्रधानमन्त्री केपी ओलीको समर्थन छ भने, श्रेष्ठ नेतृत्वलाई परराष्ट्र मन्त्री आरजु राणाले साथ दिएकी छन्, जसले सत्ता गठबन्धनमा दुई पक्षीय अवस्था सिर्जना गरेको छ ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!