जीआरएनसी यूकेले ७ जुनमा ‘भिक्टोरिया डे’ मनाउने

SHARE:

लन्डन २३ मे २०२५ । ग्रेटर रस्मूर नेपाली कम्युनिटी (जीआरएनसी) यूकेले आगामी ७ जुनमा ‘भिक्टोरिया डे’ मनाउने भएको छ ।

हरेक वर्षजस्तै यस वर्षको भिक्टोरिया डे भव्यताका साथ मनाउने तयारी भइरहेको जीआरएनसीका उपाध्यक्ष तथा भिक्टोरिया डे का संयोजक उत्तर बहादुर गुरुंगले जानकारी दिएका हुन् ।

कार्यक्रम अल्डरसटमा शनिबार ७ जुन बिहान १० बजेदेखि दिउँसो ४ बजेसम्म हुनेछ । नि:शुल्क प्रवेशको व्यवस्था मिलाइएको छ ।

नेपाली कल्चर पहिचान प्रदर्शनको साथ जन्मभूमि नेपालको निम्ति पर्यटन प्रवर्द्धनमा केही टेवा पुर्‍याउने उद्देश्यसहित कार्यक्रम आयोजना गर्दै आएको संयोजक गुरुंगले बताए ।

यस्तै बेलायतवासी सबै समुदायसँग एकैठाउँ आफ्नो जन्मभूमिको पहिचान आदानप्रदान गर्ने अवसर भिक्टोरिया डेमा रहने भन्दै उपाध्यक्ष गुरुंगले ग्रेटर रस्मूर नेपाली कम्युनिटीको संयोजनमा विभिन्न नेपाली संगसंस्था, जातीय र भेगका कल्चर प्रदर्शन हुने बताए ।

प्रथम नौमती बाजा गुल्मी यूके समूहको नौमती धुन साथै च्याम्रुङ, सोरठी, भजन, घाटु, कौडाको साथ नेपाली झाँक्री प्रदर्शन गरिनेछ । जीआरएनसीले कार्यक्रममा सहभागी हुन बेलायतवासी संघ संस्था र नागरिकलाई अपिल गरेको छ ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!