तस्बिरहरुमा हेरौं, बेलायतमा गोर्खा कपको तयारी

SHARE:

लन्डन २४ मे २०२५ । तमुधीं यूकेको आयोजनामा आइतबार २५ मेमा क्वीन्स एभिन्यू खेलकुद मैदानमा हुने २३ औं गोर्खा कपको तयारी लगभग सकिएको आयोजकले जनाएको छ । खेलकुद मैदानमा तीनदिनअघि देखि नै तयारीमा आयोजक टोली खटिएको थियो । अन्य दिनको तुलामा शनिबार भने बाक्लो संख्यामा ओइरिएका थिए । तमुधीं यूकेले मैदानमा बारबेर गर्ने, मार्किङ गर्ने, अतिथिको लागि बस्ने ठाउँ, मञ्च तयारी, सजिसाज, गोलपोस्ट निर्माण लगायत काम अन्तिम चरणमा पुगेको जनाएको छ ।

शनिबार तमुधीं यूकेका पदाधिकारी, सदस्यहरु र शुभचिन्तक गरी दुई सयभन्दा बढी मैदानमा खटिइरहेका छन् । साझा कार्यक्रम, साझा काम, तमुधीं यूकेको लोगो अंकित एकैकिसिमका ट्र्याकसुट लगाएर आमा समूहसहितका आयोजक टोली तयारीमा जुटेको छ ।
खाजा, खाना मैदानमै व्यवस्था गरिएको छ । जहाँ नेपालबाट आएका मनोक्रान्तिका प्रणेता डा विकाशानन्द योगी, कलाकारहरुसमेत देखिन्थे । यसपटकको गोर्खाकप आइतबार बिहान ८ देखि साँझ ८ बजेसम्म हुने जनाइएको छ ।

 

 

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!