बेलायतमा २१ जूनमा सातौं मोना यूके भलिबल टुर्नामेन्ट हुने

SHARE:


लन्डन २७ मे २०२५ । बेलायतमा म्याग्दी प्रवासी संघको प्रस्तुतिमा सातौं मोना यूके भलिबल टुर्नामेन्ट-२०२५ आउँदो जून २१ मा हुने भएको छ ।

म्याग्दी समाज यूके र म्याग्दी भलिबल क्लब यूकेको संयुक्त आयोजनामा रस्मूर सेन्टस् एफसीमा मोना यूके भलिबल प्रतियोगिता हुन लागेको हो । खेल बिहान साढे ८ बजेदेखि सुरु हुने छ । मोना यूकेका अध्यक्ष पदम सुन्दर गर्बुजाका अनुसार टुर्नामेन्टमा पुरुष, महिला, भेट्रान र छेलो समेटिएका छन् ।

पुरुष विधातर्फ प्रथम पुरस्कार २ हजार पाउन्ड, दोस्रो १३ सय पाउन्ड प्रदान गरिने आयोजकले जनाएको छ । यस्तै महिलातर्फ प्रथम १२ सय पाउन्ड, दोस्रो पुरस्कार ८ सय पाउन्ड तथा भेट्रानको प्रथम पुरस्कार ११ सय र दोस्रो पुरस्कार ७ सय पाउन्ड रहेको छ । छेलोको विजेताले १ सय ५० पाउन्ड प्रथम पुरस्कार पाउनेछ ।

यस्तै वेस्ट प्लेयर, वेस्ट लिबिरो, वेस्ट क्लकर, वेस्ट सेटर र वेस्ट हिटर हुने खेलाडीले समेत पुरस्कार पाउनेछन् । टिम दर्ता पुरुष २ सय पाउन्ड, महिला/भेट्रानको १ सय ५० पाउन्ड र छेलोको १० पाउन्ड शुल्क रहेको छ ।

मोना यूकेका अध्यक्ष पदम सुन्दर गर्बुजाले टिम दर्ता खुलिसकेको जानकारी गराउँदै यस खेलमा सहभागी हुने बेलायतवासी नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुलाई आग्रह गरेका छन् ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!