MIS प्रणाली संस्थाको नियन्त्रणमा छैन, व्यक्तिगत विवरण दुरुपयोगबाट सतर्क रहनु : एनआरएनए यूके

SHARE:

लन्डन २८ मे २०२५ । गैर आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् बेलायतले व्यक्तिगत विवरण सुरक्षित राख्न आग्रह गरेको छ । बुधबार प्रवक्ता कुलप्रसाद कँडेलले विज्ञप्ति निकाल्दै सदस्यता बनाउन प्रयोगमा ल्याइएको MIS प्रणाली संस्थाको नियन्त्रणमा नभएको प्रस्ट्याउँदै व्यक्तिगत विवरण सुरक्षित राख्न आग्रह गरेका हुन् ।

‘हामी सम्पूर्ण बेलायतवासी नेपाली समुदायलाई विशेष रुपमा जानकारी गराउन चाहन्छौँ कि हाल सदस्यता बनाउन प्रयोगमा ल्याइएको MIS प्रणाली संस्थाको नियन्त्रणमा रहेको छैन । तसर्थ, हामी सम्पूर्ण बेलायतवासी नेपाली समुदायलाई आफ्ना व्यक्तिगत विवरणको हुनसक्ने दुरुपयोगवाट जोगिन सतर्क रहन आग्रह गर्दछौँ,’ विज्ञप्तिमा भनिएको छ, ‘गैर आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् बेलायत सधैँ समुदायको एकता, पारदर्शिता र संस्थागत उत्तरदायित्वप्रति प्रतिबद्ध रहँदै आएको छ । अतः कुनै पनि भ्रम वा अफवाहमा नपरी, संस्थाबाट जारी आधिकारिक सूचनामार्फत मात्र जानकारी लिनुहुन हामी सबैमा हार्दिक आग्रह गर्दछौँ ।’

परराष्ट्र मन्त्रालयबाट गैर आवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद्लाई औपचारिक मान्यता प्रदान भइसकेको अवस्थामा, राष्ट्रिय समन्वय परिषद् बेलायतको आधिकारिक कार्यसमितिद्वारा सन् २०२५ – २७ कार्यकालका लागि सदस्यता नखुलाइएको प्रस्ट पार्दै यस विषयमा कुनै भ्रम नराख्न सबैलाई आग्रह गरिएको छ ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!