
लन्डन ३० मे २०२५ । गैरआवासीय नेपाली संघ (एनआरएनए) यूकेको नयाँ नेतृत्वका लागि आगामी २६ जुलाइ २०२५ मा मतदान हुने भएको छ । यसअघि निर्धारित मिति सच्याउँदै २६ जुलाइमा मतदान (अनलाइनमार्फत) र २७ तारिखमा राष्ट्रिय महाधिवेशन गर्ने तालिका एनआरएनए यूके निर्वाचन समितिले सार्वजनिक गरेको हो । यस्तै संस्थाको नयाँ सदस्यता तथा नवीकरणका लागि समयसीमा पनि जुन २५ तारिख मध्यरातसम्म दिइने निरणय गरिएको छ ।
महाधिवेशन भिलेज होटेल फार्नबरोमा आयोजना गर्ने तयारी छ । महाधिवेशनमा नेपाल सरकारका मन्त्रीहरुसमेतलाई अतिथिका रुपमा निम्त्याइने भएको छ ।
एनआरएनए यूकेले सदस्यता वितरणलाई तीव्र पार्ने निर्णय गर्दै उपाध्यक्ष मनिष खत्रीलाई सदस्यता अभियान संयोजक तोकेको छ । सदस्यता वितरणबारे प्रचारप्रसार गर्न बेलायतमा विभिन्न कार्यक्रम समेत गर्ने योजना बनाइएको छ ।
एनआरएनए यूकेले राष्ट्रिय समन्वय परिषद्का निर्वाचन हुने पद र शुल्क तथा राज्य समन्वय परिषद्का निर्वाचन हुने पदका उम्मेदवारी शुक्लसमेत तोकेको छ ।







