
लन्डन १ जून २०२५ । बेलायतमा आठौँ लोकदोहोरी स्वर्णिम साँझ भव्य रुपमा सम्पन्न भएको छ ।
राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपाल यूके शाखाले शनिबार ३१ मे २०२५ मा फार्नबोरोस्थित सामुएल कोडी स्कुलमा आयोजना गरेको स्वर्णिम साँझ भव्य बनेको हो । कार्यक्रममा नेपालबाट आएका कलाकारहरु जुन श्रीस, बालचन्द्र बराल, रिना थापामगर, प्रसाद खप्तरी मगर, आरसी पौडेल, विमल परियार, देवी आलेमगर, अनुपा मगर, शर्मिला बिसी, भूमिका शाह, सृष्टि पुन, शाहिमा श्रेष्ठ, कालिका रोका मगरलगायतले जोडदार प्रस्तुति दिएका थिए ।
कलाकारहरुको प्रस्तुतिसँग उपस्थित दर्शक सँगै नाच्ने र गाउने गरेका थिए । कार्यक्रमका प्रमुख अतिथि एनआरएनए यूकेका प्रमुख संरक्षक डेभिड गुरुङले यस्ता कार्यक्रमहरूले नेपाली लोक तथा दोहोरी गीतलाई जगेर्ना गर्न भूमिका खेल्ने विश्वास व्यक्त गरे ।
कार्यक्रम शाखा अध्यक्ष लक्ष्मण रानाको अध्यक्षता भएको थियो ।






