लन्डन २ जून २०२५ । बेलायतका नेपाली डेपुटी लर्ड लेफ्टिनेन्ट मेजर (सेवानिवृत्त) मणिकुमार राई एमबीई डीएलको निधन भएको छ । २८ मे २०२५ मा आफ्नै निवास क्याम्बर्लीमा मणिकुमारको निधन भएको उनको पारिवारिक स्रोतले जनाएको छ । उनी लामो समयदेखि क्यान्सर रोगबाट पीडित थिए । उनलाई २०२० अक्टोबरमा उनलाई ह्याम्पसायर काउन्टीको डिपुटी लर्ड लेफ्टिनेन्ट पदमा नियुक्त गरिएको थियो । यो पद पाउने पहिलो नेपाली मूलका नागरिक उनी बनेका थिए ।
मेजर राई सन् १९७२ मा ब्रिगेड अफ गोर्खाजमा भर्ती भएका थिए । सन् १९९१ मा इराक युद्धमा खटिएका उनलाई वीरता र सेवाका लागि एमबीई पदक प्रदान गरिएको थियो ।
उनी ४२ वर्षको सैन्य सेवापश्चात् २०१४ मा पूर्णरूपमा सेवा निवृत्त भएका थिए ।






