जून ७ मा किरात याक्थुङ चुम्लुङ यूकेको ‘च्यारिटी डिनर कार्यक्रम’, तयारीमा कसलाई के जिम्मा ?

SHARE:


लन्डन ३ जून २०२५ । किरात याक्थुङ चुम्लुङ यूकेको यही जून ७ तारिखमा ‘च्यारिटी डिनर कार्यक्रम’ हुने भएको छ ।

कल्याणकारी कोषलाई सुदृढ बनाउने उद्देश्यले वार्षिक कार्यतालिकाअनुसार शनिबार ७ जूनमा ‘च्यारिटी डिनर कार्यक्रम’ गर्ने लागिएको अध्यक्ष कमला लिम्बुले जानकारी दिइन् । कार्यक्रम मेडस्टोनस्थित चुम्लुङदेनमा बिहान १० बजेदेखि सुरु हुनेछ ।

कार्यक्रममा चर्चित गायक दीपक लिम्बु, कला चेम्जोङको प्रस्तुति रहने छ । उनीहरुले लिम्बु समुदायको मौलिक संस्कृति र पहिचान झल्किने गीत-संगीत पनि विशेष रूपमा प्रस्तुत गर्नेछन् । त्यस्तै किराती समुदायको सांस्कृतिक झाँकी पनि प्रस्तुत हुनेछ ।

प्रवेश शुल्क ३० पाउन्ड र योगदानस्वरुप १५ पाउन्ड तोकिएको छ ।

आयोजकले कार्यक्रममा उपस्थित हुन बेलायतवासी नेपाली दाजुभाइ, दिदीबहिनीलाई अनुरोध गरेको छ । बेलायतको व्यस्तताले उपस्थित हुन नसके पनि इच्छुक महानुभावहरूले आर्थिक सहयोग भने गर्न सकिने च्यारिटी डिनर २०२५ संयोजक तथा किरात याक्थुङ चुम्लुङ यूकेकी उपाध्यक्ष सानु सुब्बाले जानकारी दिइन् ।

कार्यक्रम व्यवस्थापन टोलीमा संयोजक : सानु सुब्बा, सहसंयोजक : दिपेन्द्र याक्सो, कोषाध्यक्ष : खगेन्द्र लावती, जनसम्पर्क: विजय लिङथेप, मनोरञ्जन प्रमुख : भक्ति आङदेम्बे, लिलामी प्रमुख : राजेन लाबुङ छन् । यस वर्षका लागि १२ सय वटा टिकट छपाई गरिएको आयोजकले जनाएको छ ।

स्थलको व्यवस्था : राजेन लाबुङ, सूचना र विज्ञप्ति : महासचिव, ब्यानर र टिकट डिजाइन : वेबमास्टर जुरेन्द्र खजुम, स्थल सेटअप : राजेन लाबुङ, शान्ता हुक्पा चोङबाङ, सबिता लिम्बु, मञ्च सजावट: सुर्य खापुङ, लक्ष्मी केरुङ, अतिथि निमन्त्रणा: महासचिव, सचिव, स्वागत र खादा/ब्याज वितरण : दिपेन्द्र याक्सो, सकुन नेम्बाङ, मनमाया लिम्बु, खाना/पेय व्यवस्थापन: सबिता लिम्बु, केलाङ समूह: वेन्सा चुम्भो, प्रायोजन संकलन: विजय लिङथेप, लिलामी कार्यक्रम: राजेन लाबुङ, सान्ता चोङबाङ, टिकट वितरण/हिसाब: खगेन्द्र लावती, देव पन्धाक, कार्यक्रम सञ्चालन: महासचिव, सचिव, PA System/प्राविधिक: युवराज इस्बो, मनोरञ्जन कार्यक्रम: भक्ति आङदेम्बे, स्वास्थ्य/प्राथमिक उपचार: महेश वानेम (प्राथमिक उपचार किटसहित), सुरक्षा: टङ्क यङ्देन, Porta Loo & Skip: राजेन लाबुङ, गाडी पार्किङ: राजेन लाबुङलाई जिम्मेवारी तोकिएको छ ।

कार्यक्रममा कम्तीमा १०० अतिथि उपस्थित गराउने आयोजकको लक्ष्य छ । उपस्थित हुनेले पोशाक सबै सदस्यहरूले स्मार्ट क्याजुअल लुगा लगाउनुपर्नेछ । आयोजक र कार्यदलले नियुक्ति ब्याज/ब्याजहरू लगाउनु पर्ने मापदण्ड तोकिएको छ ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!