
लन्डन ७ जून २०२५ । बेलायतमा नेपाली दूतावासको आयोजनामा नेपाली मेला हुने भएको छ ।
दूतावासले यही २३ जुन सोमबार वेष्ट प्रिन्सेस स्ट्रिट गार्डेन्स् एडिनबरामा मेला गर्न लागेको हो । मेलामा एनआरएनए स्कटल्याण्डसहित झण्डै दुई दर्जन नेपाली संघसंस्थाको प्रत्यक्ष सहभागिता रहने दूतावासले जनाएको छ ।
बिहान १० देखि साँझ ६ बजेसम्म हुने मेलामा खाना स्टल, हस्तकलालगायत नेपाली उत्पादनको शो केस, आआफ्नो समुदायको झाँकी, पन्चेबाजासहित सांस्कृतिक प्रस्तुति, नेपाल चिनाउने सामग्री वितरण र परेड पनि गरिने दूतावासले जनाएको छ ।






