लन्डन १० जून २०२५ । आईसीसी विश्वकप लिग टु अन्तर्गत अन्तिम तथा चौथो खेलमा नेपालले नेदल्याण्ड्सलाई १६ रनले पराजित गरेको छ ।
स्कटल्याण्डको डुण्डीमा मंगलबार टस हारेर ब्याटिङ सुरु गरेको नेपालले निर्धारित ओभरमा ९ विकेटको क्षतिमा दिएको २ सय ३७ रनको लक्ष्य पछ्याएको नेदरल्याण्ड्स ४९ दशमलव २ ओभरमा अल आउट हुँदै २ सय २० रनमा समेटिएको हो । यो सङै नेपालले यो सिरिजबाट ६ अंक जोडेको छ ।
नेपालका लागि अन्तर्राष्ट्रिय क्रिकेटमा डेब्यु गरेका नन्दन यादवले ३ विकेट लिँदा सन्दिप लामिछानेले पनि समान ३ विकेट लिए ।






