एनआरएनए यूकेको अध्यक्षमा नुवाकोटका पुडासैनीले उम्मेदवारी दिने

SHARE:

लन्डन २१ जून २०२५ । गैर आवासीय नेपाली संघ (एनआरएनए यूके) को अध्यक्षमा नुवाकोटका राजेन्द्र पुडासैनीले उम्मेदवारी दिने घोषणा गरेका छन् ।

एनआरएनए सुधारको स्पष्ट मार्गचित्रसहित आफूले अध्यक्षमा उम्मेदवारी दिन लागेको पुडासैनीले बताएका छन् । एकताबद्ध र एउटै एनआरएन, नेपाली नागरिकताको निरन्तरता, नेपालमा रहेको सम्पत्तिको सुरक्षा, पूर्व गोर्खाजको समानताको लडाईमा ऐेक्यबद्धताको लागि, एनआरएनएमा नयाँ पुस्ताको सहभागिता, नेपाली कला, साहित्य र संस्कृतिको संवर्धन र प्रवर्धन, नेपाली विद्यार्थी र कामदारहरुको अधिकार र सुरक्षालगायत एजेन्डा रहेको उनले जानकारी दिए ।

नुवाकोटको साविक जिलिङ गाविस २ (हाल बेलकोटगडी नगरपालिका ८ )का स्थायी बासिन्दा पुडासैनी २५ वर्ष अगाडि बेलायत आएका थिए । पढाइकै क्रममा बेलायतको प्रतिष्ठित युनिभर्सिटीबाट एमबीए तथा बीएस्सी अनर्स उत्रीर्णपश्चात् विगत १५ वर्षदेखि स्वास्थ्य सेवा विभागमा कार्यरत छन् उनी । ३ छोरा, २ नाती, १ नातिनीका हजुरबुवा उनी विद्यार्थीकालदेखि नै सामाजिक रुपान्तरणमा क्रियाशील थिए । नेपालमा रहँदा त्यतिबेला प्रख्यात सरस्वती बहुमुखी क्याम्पस स्वतन्त्र विद्यार्थी युनियन (स्ववियू) सभापति समेत भएका पुडासैनी बेलायतको ट्रेड युनियन आन्दोलनको अग्रणी मोर्चामा रहेर काम गरिरहेका छन् । बेलायतको सबैभन्दा ठूलो ट्रेड युनियनमध्ये एक जीएमबी नेशनल युनियन लन्डन सेन्टर नर्थको सचिव पदमा रहि श्रमिकहरुको हकहितको पैरबी गर्दैछन् ।

सामाजिक अन्तरघुलनमा विश्वास गर्ने उनी सन् २०१४ मा लन्डन बरो अफ ह्यारोको ह्यारो अन द हिलबाट काउन्सिलर पदमा प्रत्यासी उनी राजनीति र समाजसेवालाई शुद्धीकरणमा विश्वास गर्छन् । हाल इसेक्सको हार्लो शहरका स्थायी बासिन्दा उनी बेलायतको विभिन्न सामाजिक संघसंस्था जस्तै यती नेपाली एसोसिएसन यूकेको दुईपटक महासचिव, प्रवासी नेपाली मञ्च बेलायतको अध्यक्ष लगायत विभिन्न संघसंस्थाको सल्लाहकार हुँदै एनआरएनए अन्तराष्ट्रिय कमिटीको २०२१–२३ मा सदस्य समेत थिए ।

नेपालमा महाभूकम्प, बाढी पहिरोजस्ता प्राकृतिक विपदहरुमा बेलायती स्वास्थ्यकर्मीहरुको नेतृत्व गर्दै आफूले उल्लेख्य सहयोग गरेको उनले बताए ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!