चर्चित डान्सर तथा मोडल आरुसी मगर बेलायतमा

SHARE:

लण्डन । पछिल्लो पुस्तामा निकै लोकप्रिय डान्सर तथा मोडल आरुसी मगर बेलायत आएकी छिन्।
उनी बेलायतमा आयोजना हुने विभिन्न कार्यक्रममा सहभागी हुन शनिबार साँझ लण्डन अवतरण गरेकी हुन्।

“बेलायत मेरो लागि मामा जस्तै हो, यहाँ धेरैले माया गर्नुहुन्छ,” उनले भनिन्।

“लण्डनलाई कहिल्यै बिर्सन सकिन्न, तर यसपटक विशेष कारणले बेलायत आएकी हुँ। आमालाई तीन महिना अघि क्यान्सर भएको पुष्टि भएको छ। उहाँको उपचारको लागि सहयोगको अपेक्षा लिएर म यहाँ आएकी हुँ,” उनले बताइन्।

आधा दर्जनभन्दा बढी देशहरूमा आफ्नो प्रस्तुति दिएकी आरुसीले आकाश श्रेष्ठ, प्रकाश सपुत, पल शाह लगायत चर्चित कलाकारहरूसँग सहकार्य गरिसकेकी छिन्।

उनी आगामी केही साता बेलायतमै रहने छिन्। यो उनको तेस्रो पटकको बेलायत यात्रा हो।

अहिले उनी अभिनित ‘धन पैसाको मुटु छैन’ शीर्षकको म्युजिक भिडियो निकै चर्चामा रहेको छ।

 

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!