धादिङ–नुवाकोट समाज यूकेको वार्षिक भेटघाट १९ जुलाईमा, मुख्यमन्त्री लामा प्रमुख अतिथि

SHARE:

लन्डन २५ जून २०२५ । धादिङ–नुवाकोट समाज यूकेको वार्षिक भेटघाट आगामी १९ जुलाई शनिबार हुने भएको छ ।

‘समर बीबीक्यू भेटघाट धमाका –२०२५’नाममा क्रान्सफोर्ड कम्युनिटी कलेज होन्स्लोमा विभिन्न सांगीतिक कार्यक्रम, डिएनएस फुटबल कप प्रतियोगिता,राफल ड्रसहित बीबीक्यू भेटघाट हुने समाजका अध्यक्ष धन तामाङले जानकारी दिए । उनका अनुसार कार्यक्रममा बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामा प्रमुख अतिथि र स्वर्ण पदक विजेता राष्ट्रिय कुङ्फु खेलाडी सरिना घलेलाई विशेष अतिथिको रुपमा उपस्थित हुनेछन् ।

फुटबल खेल बिहान साढे ८ देखि दिउँसो साढे १ बजेसम्म र सांस्कृतिक कार्यक्रम २ बजेदेखि मध्यरातसम्म हुनेछ । कार्यक्रममा राष्ट्रिय लोककोदोहोरी गायिका देवी घर्तीमगर,जिल्लावासी राष्ट्रिय कलाकारद्वय पबित्र गुरुङ र लक्ष्मी खड्का,भर्सटाइल बहुप्रतिभाशाली गायक कुमार योन्जनको विशेष प्रस्तुति रहने अध्यक्ष तामाङले बताए ।

डीएनएस फुटबल कप प्रतियोगिता २०२५ को संयोजक थमु वाइबा छन् । युवाहरूको प्रोत्साहनका लागि खेल आयोजना गरिएको हो । स्थानीय प्रतिभा र सांस्कृतिक प्रस्तुतिमा संस्थाका भान्जा–भान्जीहरूको धमाकेदार प्रस्तुति,संस्कृतिक संयोजक कृष्ण पाख्रिनको धारबाहिक कार्यक्रम हुनेछ ।

राफल ड्रमा सुनका आकर्षक पुरस्कारहरू रहेका छन् । १ तोला सुन प्रायोजन लामा ज्वेलर्स अल्डरसटका दीपेश लामा, १/२ तोला सुन कमन एन्ड को एन्ड बुद्ध कन्ट्रक्सन फेल्थामका कमान, सुनिता, पेम्बा र तुली तामाङ र सुनको चन्द्रमा जया श्रीकृष्णा ज्वेलर्स साउथ ह्यारोका प्रकाशले गर्नेछन् ।

कार्यक्रममा सहभागीलाई द ग्रेट गोर्खा रेस्टुरेन्टले स्वादिस्ट बीबीक्यू र नेपाली थाली डिनर व्यवस्थापन गर्नेछ । बृहत् सांगीतिक र सांस्कृतिक उत्सवमा सहभागी भई सफल बनाउन आयोजकले नेपाली समुदायलाई निमन्त्रणा गरेको छ ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!