जापानका प्रधानमन्त्री चीन जाने

SHARE:

बेइजिङ । जापानका प्रधानमन्त्री सिन्जे आबे यही महिनाको अन्त्यतिर चीन जाने भएका छन् ।

औपचारिक भ्रमणका लागि उनी यही अक्टोबर २५ देखि २७ तारिखसम्म चीन जान लागेका छन् ।

चिनियाँ प्रधानमन्त्री लि क्वाङको निमन्त्रणामा जापानी प्रधानमन्त्री आबे चीन भ्रमणमा आउन लाग्नु भएको चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता लु काङले शुक्रबार जानकारी दिए ।

दुई पक्षको आपसी सम्बन्धमा थप सुधार गर्न, विश्वासको वातावरण बढाउन, विविध पक्षमा सहकार्य गर्न र आदान प्रदान गर्न आबेको भ्रमण फलदायी हुने चिनियाँ पक्षको विश्वास छ ।

जापानका प्रधानमन्त्रीले सात वर्षपछि चीनको भ्रमण गर्न लाग्नु भएकाले यसलाई महत्वका साथ हेरिएको पनि प्रवक्ता काङले बताए ।

चीन र जापानका बीचमा शान्ति तथा मित्रतासम्बन्धी सम्झौता भएको ४०औँ वर्ष पूरा भएको वर्ष भएकाले पनि यो भ्रमण महत्वपूर्ण रहेको उनको भनाई छ ।

लुका अनुसार भ्रमणका क्रममा आबेले चिनियाँ उच्च अधिकारीहरुसँग भेटवार्ता गर्नुहुने कार्यक्रम रहेको छ ।

भेटका क्रममा उनीहरुले दुई देशको आपसी सम्बन्ध र सहकार्य बाहेक अन्तर्राष्ट्रिय विविध विषयका बारेमा पनि छलफल गर्नुहुने बताइएको छ ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!