कार दुर्घटनामा ग्रीसमा ११ जनाको मृत्यु

SHARE:

थेस्सालोनिकी, ग्रीस । उत्तरी ग्रीसमा शनिबार कार र ट्रक जुधेर भएको दुर्घटनामा कारमा सवार ११ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीले कारमा आप्रवासीहरु रहेको आशंका गरेको छ ।

अग्निनियन्त्रकहरुले कारबाट ११ जनाको शव निकालेका छन् । उक्त कार थेस्सालोनिकीतर्फ गइरहेको थियो । काभालातर्फ गइरहेको ट्रकका ड्राइभर भने सकुशल रहेका छन् ।

ग्रीक प्रहरीले विगतमा उक्त कार आप्रवासीको तस्करीमा प्रयोग हुने गरेको जनाएको छ । शनिबार बिहान पनि उक्त कार जाँचका लागि रोक्न खोज्दा भागेको प्रहरीको दाबी छ ।

गत जुन महिनामा काभाला नजिक भ्यान दुर्घटना हुँदा तीन जना बालबालिका सहित छ जनाको मृत्यु भएको थियो । उक्त भ्यानमा सिरिया र इरानका १६ जना आप्रवासी चढेको फेला परेको थियो ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!