नेपाल पत्रकार महासंघ युकेले दियो भर्चुअल तालिम

SHARE:

लन्डन २६ जुन २०२५ । नेपाल पत्रकार महासंघ युके शाखाको आयोजनामा “पत्रकारितामा कृत्रिम बुद्धिमत्ता : अवधारणादेखि व्यवहारिक प्रयोगसम्म” विषयमा भर्चुअल तालिम सम्पन्न भएको छ।

पत्रकारितामा प्रविधिको प्रभाव र प्रयोगबारे जानकारी दिन आयोजित उक्त तालिम जुन २२ तारिख आइतबारका दिन आयोजना गरिएको हो ।

कार्यक्रममा प्रमुख प्रशिक्षकको रूपमा उपस्थित डिजिटल मिडिया फाउन्डेसन नेपालका अध्यक्ष प्रवेश सुवेदीले पत्रकारिता क्षेत्रमा कृत्रिम बुद्धिमत्ताले ल्याउँदै गरेको प्रभावबारे व्यापक जानकारी दिएका थिए । उनले सामाजिक सञ्जालले ल्याएको परिवर्तनजस्तै कृत्रिम बुद्धिमत्ताले पनि सञ्चार क्षेत्रमा ठूलो रुपान्तरण ल्याएको उल्लेख गरे।

समाचार सामग्री तयार पार्दा यस्ता प्रविधिको प्रयोगले सहजता ल्याए पनि अन्तिम सम्पादन र प्रकाशनको चरणमा पत्रकारको जिम्मेवारी अझ महत्वपूर्ण हुने बताउँदै सुवेदीले अन्तिम निगरानीले त्रुटी न्यूनीकरणमा मद्दत गर्ने बताए । तालिममा सुवेदीको प्रस्तुतिपश्चात् सहभागीहरूबीच प्रश्न–उत्तर सत्र पनि सम्पन्न भएको थियो ।

कार्यक्रमको अध्यक्षता शाखाकी अध्यक्ष विमला सेनेले गरेकी थिइन् भने सञ्चालन महासचिव खेमराज रानाभाटले गरेका थिए । सहभागीहरूको धारणाअनुसार तालिम ज्ञानवर्द्धक, समसामयिक र व्यवहारिक रूपमा अत्यन्त उपयोगी रह्यो ।

नेपाल पत्रकार महासंघ युके शाखाले आगामी दिनमा यस्ता किसिमका सिकाइमुखी कार्यक्रमहरूलाई निरन्तरता दिने प्रतिबद्धता जनाएको छ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!