‘बर्बाद’ बामदेव, चौतर्फी आलोचना

SHARE:

काठमाडौं । नेपाली राजनीतिमा तरंगित गर्नसक्ने खुबी राख्ने नेतामध्येका बामदेव गौतम पनि एक एक हुन् । केही न केही कारणबाट यिनी चर्चामै रहन्छन् । अहिले आएर गौतम जसरी पनि सांसद बन्ने धुनमा लागेकाले चर्चामा छन् । बामदेवको सांसद मोहले नेपाली राजनीति नै तरंगित बनेको छ । नेपाली राजनीतिमा बामदेवको साख अहिले आएर निकै ढलपल बनेको पनि टिप्पणी समेत गरिएको छ ।

बामदेव गौतमले जसरी पनि सांसद बन्नैका लागि किन मरिमेटे होलान ? भन्नेहरु पनि नभएका होइनन् । उनले बाँके, प्युठान, दैलेख, डोल्पा लगायतका जिल्लाका सांसदलाई राजीनामा गराई उपनिर्वाचनमार्फत सांसद बन्ने तयारी गरेका थिए । ती स्थानहरुमा स्थानीय स्तरबाट नै विरोध आएपछि बामदेव अघि बढ्न सकेनन् । प्रतिनिधिसभाको गत वर्षको निर्वाचनमा बर्दिया क्षेत्र नं १ बाट नेपाली काङ्ग्रेसका सञ्जयकुमार गौतमसँग पराजित भएका नेता वामदेवले पार्टी एकता, शान्ति प्रक्रिया र राष्ट्रिय राजनीतिमा भूमिका खेल्ने भएकाले प्रतिनिधिसभामा उपनिर्वाचनबाट पनि ल्याउन पहल हुँदै आएको छ । तर, सांसद मोहले उनको राजनीति नै बर्वाद पारेको विश्लेषण समेत हुन थालेको छ ।

बामदेवका कारण पार्टीमै रनभुल्ल
नेपाल कम्युनिष्ट पार्टीका नेता वामदेव गौतमलाई उपनिर्वाचनबाट प्रतिनिधिसभामा ल्याउने पहलसँगै पार्टीका नियमित कार्यसूची प्रभावित भएको छ ।
उपनिर्वाचनमा गौतमलाई अघि सार्ने तयारीपछि पार्टीभित्र र बाहिरबाट व्यापक टीकाटिप्पणी व्यक्त भएपछि सो विषयमा नेकपाको सचिवालय अनिर्णित भएको छ भने शीर्ष नेताबीच आपसी आशङ्कासमेत पैदा भएको छ । काठमाडौँ निर्वाचन क्षेत्र नं ७ का नेकपाका सांसद रामवीर मानन्धरले नेता गौतमका लागि ठाउँ खाली गर्न आफूले राजीनामा दिन तयार रहेकाले स्वीकृतिका लागि नेतृत्वलाई दिएको पत्र पार्टीको यही असोज २२ गतेको सचिवालय बैठकमा एकाएक प्रस्तुत भएपछि अन्य नियमित कार्यसूची प्रभावित भएको थियो ।

पार्टी एकतालाई तल्लो कमिटीसम्म विस्तार गर्नुपर्ने र सरकार सञ्चालन तथा समन्वयलाई कसरी प्रभावकारी बनाउने भन्ने विषयमा छलफल केन्द्रित भएका बेला उपनिर्वाचनको सन्दर्भले विषयान्तर गरेको देखिन्छ । पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मानन्धरको पत्र सचिवालय बैठकमा प्रस्तुत गरेपछि मात्र अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले सो विषयमा जानकार भए । सो दिनका अन्य कार्यसूचीमा कुनै निर्णय हुन सकेन । सो दिन अर्काे बैठकको कार्यसूची र स्थायी कमिटी बैठकको मिति तय गर्ने विषयमा छलफल भई यही असोज २४ गतेका लागि तोकिएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिएको थियो । प्रवक्ता श्रेष्ठले पत्रकारलाई दिएको जानकारीमा मानन्धरको पत्रबारे उल्लेख थिएन । सचिवालयको बैठक पुनः यही असोज २७ गतेका लागि सरेको छ ।

उपनिर्वाचनका विषयमा अध्यक्ष ओली र दाहालबीच बुधबार भएको भेटवार्तामा समीक्षा भएको थियो । सो दिन अपराह्न पाथीभारा सद्भावनादूत परिचयपत्र वितरण कार्यक्रममा अध्यक्ष दाहालले पार्टीले हार्र्ने गरी उपनिर्वाचन नगर्ने स्पष्ट पारेको थियो ।
यही असोज ५ गतेको सचिवालय बैठकले पार्टीका प्रदेश कमिटीका इञ्चार्ज, सहइञ्चार्ज, अध्यक्ष र सचिवको जिम्मेवारी तोकेकामा वरिष्ठ नेता माधवकुमार नेपालले प्रस्तुत गरेको असन्तुष्टिका विषयमा पनि सचिवालयको बैठकमा छलफल हुन बाँकी छ ।

मध्यमार्गी नेता सक्रिय
नेकपाका सचिवालय सदस्य तथा उपप्रधानमन्त्री ईश्वर पोखरेलले पार्टीलाई एकताबद्ध र सुदृढ बनाएर लान आह्वान गर्दै हाल देखिएको विवादका विषयमा अध्यक्ष, वरिष्ठ नेता नेपाल, नेता गौतम र अन्य नेतासँग अलग अलग अनौपचारिक भेटवार्ता गर्नुभएको छ । नेता पोखरेलले भने, “उपचुनावको विषयमा पार्टीको बैठकमा औपचारिक कार्यसूची बनाई छलफल नै भएको छैन । मानन्धरको पत्र आएको छ । त्यसमा हाल कुनै निर्णय भएको छैन ।”
उनले भने, “पार्टीको साङ्गठनिक जीवनलाई व्यवस्थित बनाएर एकताको सन्देश देशव्यापी लैजानु अहिलेको आवश्यकता हो । पार्टीको संरचना क्रियाशील नहुँदा पनि साङ्गठनिक स्थितिमा अस्तव्यस्ता देखिएको छ, यो चाँडै सँग्लिएर जान्छ ।”

प्रतिनिधिसभाको गत वर्षको निर्वाचनमा बर्दिया क्षेत्र नं १ बाट नेपाली काङ्ग्रेसका सञ्जयकुमार गौतमसँग पराजित भएका नेता वामदेवले पार्टी एकता, शान्ति प्रक्रिया र राष्ट्रिय राजनीतिमा भूमिका खेल्ने भएकाले प्रतिनिधिसभामा उपनिर्वाचनबाट पनि ल्याउन पहल हुँदै आएको छ । उनलाई यसअघि बाँके, प्यूठान, दैलेख, डोल्पालगायत जिल्लाका सांसदलाई राजीनामा गराई उपनिर्वाचनमा विजयी गराउने पहल गरिएको थियो ।

गौतमको चौतर्फी आलोचना
मंगलबार सांसद रामवीर मानन्धरले पत्रकार सम्मेलन नै गरेर आफ्नो पदबाट राजीनामा घोषणा गरेसंगै नेपाली राजनितीमा अर्को तरङ पैदा भएको छ । सामाजिक सञ्जालमा नेकपाका नेताहरुले मात्र नभई काठमाडौं क्षेत्र नम्बर ७ का मतदाता, स्वतन्त्र बुद्धिजीवी र अन्य दलका राजनितीज्ञसमेतले मानन्धरको राजीनामा घोषणा र नेकपाका नेता बामदेव गौतमको उम्मेदवारीबारे चासो व्यक्त गरेका छन् ।
सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता एवम् काठमाडौं क्षेत्र नम्बर ७ का प्रतिनिधिसभाका सांसद रामवीर मानन्धरले पार्टी नेता वामदेव गौतमलाई सांसद बनाउन स्थान खाली गरिदिएको भन्दै मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन नै गरेर आफ्नो राजिनामाको घोषणा गरे ।

उनी भन्दै थिए विकास निर्माणको कामलाई नेता बामदेव गौतमले सहज ढंगले अघि बढाउने भएकाले आफूले पदबाट राजीनामा दिने घोषणा गरेको हुँ । मानन्धरले उपनिर्वाचनबाट नेता गौतमले काठमाडौं क्षेत्र नम्बर ७ बाट चुनाव जित्ने दावी समेत गरे । देशको विकासका लागि पार्टीको निर्णय अनुसार आफूले विनासर्त पदबाट राजीनामा दिएको पनि पटक–पटक पनि स्पष्ट पारे ।

तीन पटकसम्म उपधानमन्त्री र गृहमन्त्री समेत बनिसकेका नेता वामदेव गौतम गत मंसिरमा भएको निर्वाचनमा बर्दिया क्षेत्र नम्बर १ बाट सात सय भन्दा बढि मतान्तरले पराजित भएका थिए । सबै तहको निर्वाचन पश्चात नेता गौतमलाई डोल्पाबाट उपनिर्वाचन लडाउन नेकपाभित्रै राम्रै कसरत पनि भयो तर डोल्पाली मतदाताको असन्तुष्टिका कारण त्यो सफल हुन सकेन । यस्तै प्रयास बा“के क्षेत्र नम्बर ३ मा पनि भयो त्यो पनि सफल हुन सकेन । र अन्त्यमा गौतमको आ“खा काठमाडौमा नै पर्‍यो । सांसद रामवीरको राजिनामाको घोषणासंगै सिंगो राजनितीक वृत्तमा खैलाबैला भइरहेको छ । सामान्य मतदातादेखि शीर्ष तहका नेतासम्म टिकाटिप्पणी चलिरहेको छ । सबै भन्दा बढि नेकपा भित्र नै विरोधका आवजहरु बुलन्द भइरहेका छन । खुला फोरममा आवाज मुखरीत नभैसके पनि सयौंले तत्कालैपसो सामाजिक सञ्जालमा प्रतिक्रिया दिंदै मानन्धरको राजीनामा र नेता गौतमको उम्मेदवारी प्रकरण लोकतन्त्रकै उपहास भएको र यो गौतम स्वयं र अन्नत नेकपाका लागि प्रत्युत्पादक हुने जनाएका छन् । नेकपा केन्द्रिय सदस्य समेत रहेका सुर्य थापाले बामदेवको उम्मेद्धवरी विकासका लागि भन्ने सांसद मानन्धरको अभिव्यतिmको कडा शब्दमा खण्डन गरेका छन् ।

नेकपाका नेता इश्वर पोखरेल र भीम रावलले गौतमको सम्भावित उम्मेदवारीप्रति यस अघि नै असहमति जनाइ सकेका छन । त्यस्तै प्रतिनिधी सभा सांसद बाबुराम भट्टराइले पनि खर्चिलो चुनाव र भ्रष्टिकरणको संज्ञा दिएका छन् ।
मतदाता साथै नागरिक समाजका कतिपय अभियन्ताले पनि यो प्रकरण प्रति असन्तुष्टि जनाएका छन् । युवा अधिकार अभियन्र्ता नरेन खतिवडा फेसबुकमा व्यङग्यात्मक शैलीमा लेख्छन, काठमाडौ क्षेत्र नम्बर ७ मा सम्पन्न हुने उपनिर्वाचनमा पुन मतदान गर्न सौभाग्य प्राप्त हुने भयो । जनताको मतको अपमान गर्ने रामवीर मानन्धरलाई अब के भनौ ?

यता नेता बामदेव गौतमले भने रामवीर मानन्धरलाई धन्यवाद दिदैं काठमाडौं ७ उनकै लागि खाली गरिएको पुष्टि सहित खुशी व्यक्त गरेका छन् । सामाजिक सञ्जाल फेसबुकमा गौतमले भनेका छन्– ‘नतमस्तक छु कमरेड रामबीर मानन्धर, तपाईले पत्रकार सम्मेलन गरेर जुन अभिब्यक्ति दिनुभयो त्यो बिचार ले मेरो कद अझ उचो बनाएको छ ।

संगठनका लागि हामी दुवै जना सिपाही हो । पार्टीको गरिमालाई उचो राख्न र तपाईले म प्रति देखाउनुभएको विश्वासलाई कायम राख्न कुनै कसर बाँकी राख्ने छैन ।’
बामदेवको सांसद मोह अब करिब करिब अन्त्य भएको छ । पार्टी पंक्तिमा देखिएको व्यापक असन्तुष्टिपछि बामदेवले काठमाडौं ७ मा पनि उपनिर्वाचनमार्फत सांसद बन्ने सपना पूरा नहुने भएको छ ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!