बेलायतमा नजिकिँदै १६ औं नेपाली मेला, धमाधम तयारीमा तमुधीं यूके

SHARE:


लन्डन ४ जुलाई २०२५ । बेलायतवासी नेपाली समुदायमा आकर्षक नेपाली मेलाको १६ औं संस्करणको मिति नजिकिँदै छ । तमुधीं यूकेले हरेक वर्ष आयोजना गर्ने नेपाली मेला यस वर्ष आगामी २४ अगस्ट २०२५ मा तय हुँदै छ ।

नजिकिँदै गरेको १६ औं नेपाली मेलाको धमाधम तयारी भइरहेको तमुधीं यूकेका उपाध्यक्ष तथा मेला संयोजक कमल गुरुङले जानकारी दिएका छन् । यस वर्षको मेलामा थप आकर्षणका लागि नेपाल विद्युत् प्राधिकरणका निवर्तमान कार्यकारी निर्देशक कुलमान घिसिङलाई निमन्त्रणा दिइएको छ । नेपाली मेला २४ अगस्ट आइतबार क्याम्पर्टन पार्कमा हुँदै छ ।

घिसिङ अगस्ट दोस्रो सातामा अमेरिकाबाट सिधै यूके आउनेछन् । नेपाली दूतावास लन्डनको सहकार्यमा हुने नेपाली मेलामा नेपालका विभिन्न जातजातिको संस्कृति, भेषभूषा र परम्परा चिनारी गराउने विविध गतिविधि हुनेछ ।

मेलामा सांस्कृतिक झाँकी, मौलिक नाचगान, एम्बासडर कप र एनआरएनए कप प्रतियोगिता हुने छन् । विजेता टोलीलाई नगद तथा आकर्षक पुरस्कार दिइनेछ । मेलामा ६/७ वटा रेस्टुरेन्टमार्फत नेपाली खानाका परिकार, नेपाली कपडाका स्टल, गहना र अन्य सामग्रीका स्टलहरू साथै नेपाली व्यवसाय प्रवर्द्धनका स्टलहरू रहनेछन् ।

मेलामा प्रस्तुति दिन नेपालबाट थुप्रै कलाकार आउनेछन् । मेला बिहान १० देखि राति ८ बजेसम्म सञ्चालन हुनेछ ।

टिकट शुल्क ५ पाउन्ड तय गरिएको छ । तर ८० वर्षभन्दा माथिका ज्येष्ठ नागरिक र अपांगता भएका व्यक्तिहरूलाई निःशुल्क प्रवेशको व्यवस्था गरिने छ ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!