कुलमान घिसिङसँग १५ अगष्टमा अल्डरसटमा एनआरएनए यूकेको मिट एन्ड ग्रीट

SHARE:

लन्डन ४ जुलाई २०२५ । नेपाल विद्युत प्राधिकरणका पूर्व कार्यकारी निर्देशक कुलमान घिसिङसँग आगामी १५ अगष्ट २०२५ मा अल्डरसटमा एनआरएनए यूकेको मिट एन्ड ग्रीट गर्ने भएको छ ।

एनआरएनए यूकेले घिसिङसँग आगामी १५ अगष्ट साँझ अल्डरसटस्थित एम्पायर हलमा ‘मिट एन्ड ग्रीट’ राखेको एनआरएनए यूकेका अध्यक्ष प्रेम गाहामगरले जानकारी दिए । सो अवसरमा घिसिङकै हातबाट पुनः नियुक्त भएका संघका सल्लाहकारहरुलाई विशेष सम्मान गर्ने कार्यक्रम छ ।

अध्यक्ष गाहामगरले प्रमाणपत्रसहित सम्मान गरिने हुंदा सबै सल्लाहकारहरुलाई अनिवार्य उपस्थितिका लागि बेलैमा बिदा प्रवन्ध गर्न अनुरोध गरेका छन् ।

कुल २२ हजार ५५३ पन्जीकृत सदस्यहरुले म्याण्डेट दिए बमोजिम २३ मार्चमा निर्वाचित यस कार्यसमिति नै आधिकारिक भएकाले कुनै पनि भ्रममा नपर्न पनि गाहामगरले अनुरोध गरेका छन् । ‘नेपालमा सम्मानित सर्वोच्च अदालतको परमादेश अनुसार गठित एनआरएनए उच्चस्तरिय समितिले आयोजना गरेको एकता महाधिवेशनबाट महेशकुमार श्रेष्ठको नयां कार्यसमिति (आइसीसी) गठन भइसकेको छ । सो महाधिवेशनबाट निर्वाचित कार्यसमिति नै एनआरएनएको एकमात्र आधिकारिक तथा वैधानिक कार्यसमिति हो’ उनले भने- ‘महेश श्रेष्ठ नेतृत्वको कार्यसमितिलाई नेपाल सरकार परराष्ट्र मन्त्रालय र विदेशस्थित नियोगहरुले समेत मान्यता दिएको पनि म स्मरण गराउन चाहन्छु ।’

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!