मगर महिला संघ यूके स्विन्डन शाखाद्वारा ब्रेस्ट क्यान्सर च्यारिटीका लागि २२ सय ५३ पाउन्ड संकलन

SHARE:

सरस्वती थापा मगर

स्विन्डन, बेलायत । ५ जुलाई २०२५ । मगर महिला संघ यूके स्विन्डन शाखाले ब्रेस्ट क्यान्सर (स्तन क्यान्सर) च्यारिटीका लागि २२ सय ५३ पाउन्ड संकलन गरेको छ ।

शाखाले परोपकारी अभियानअन्तर्गत १ जुन देखि ३० जुन २०२५ सम्म दौड, साइक्लिङ तथा वाकिङमा ७०० किमि दूरीको चुनौती पार गर्दै उक्त सहयोग संकलन गर्न सफल भएको शाखा अध्यक्ष सरस्वती थापा मगरले जानकारी दिइन् । संघले प्रारम्भमा २ हजार पाउन्ड संकलन गर्ने लक्ष्य राखेको थियो ।

अभियानमा सहभागीहरूले ७०० किलोमिटर (किमी) दुरी पार गर्ने लक्ष राखेको भएतापनि अन्त्यमा कुल ९२९ किमि दूरी पार गर्दै उल्लेखनीय सफलता हासिल गरे । संघकी अध्यक्ष सरस्वती थापा मगरले नेतृत्व गरेको अभियानमा मालती थापामगर, अन्जु रानामगर, ज्ञानु थापामगर,सनम पुनमगर, रिमा पचभैया मगर र रोजी तिलिजा मगर सहभागी थिए ।

अध्यक्ष थापामगरले अघिल्ला वर्षहरूमा पनि Dementia, Great Ormond Street Hospital, Macmillan Cancer र Mental Health का लागि च्यारिटी फन्ड संकलन गरेकी थिइन् । यो उनको पाँचौँ वर्षको परोपकारी अभियान हो ।

अध्यक्ष थापा मगरसहित सम्पूर्ण टिमले अभियानमा बेलायतबासी दाजुभाइ, दिदीबहिनी , मित्रहरू लगायत work colleagues बाट प्राप्त साथ, सहयोग र प्रेरणाका लागिआभार व्यक्त गरेको छ ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!