नेफिन युकेको डिनर नाइट भव्य रुपले सम्पन्न

SHARE:

लन्डन आइतबार ०६ जुलाई २०२५ । आदिवासी जनजाति महासंघ (नेफिन) युकेको डिनर नाइट बेलायतको अल्डरसटस्थित एम्पायर हलमा भव्य रुपले सम्पन्न भएको छ । उक्त डिनर नाइट नेफिन युकेका अध्यक्ष मेजर योगेश कोयी राईले र प्रमुख अतिथिमा बेलयातका लागि नेपाली राजदूत चन्द्रकुमार घिमिरेले संयुक्त रुपमा दिप प्रज्वलन गरी औपचारिक कार्यक्रम थालनी गरेका छन् । कार्यक्रममा नेपालको राष्ट्रिय गान, बेलायतको राष्ट्रिय धुन र आदिवासी जनजाति गीत प्रस्तुत गरिएको छ ।

डिनर नाइट गर्नको मुख्य उद्देश्य नेफिन यूकेको आर्थिक अवस्थालाई अलि मजबुद बनाउनु रहेको जानकारी गराउँदै संकलित रकम पत्रकार सम्मेलन गरी सार्वजानिक गराउने अध्यक्ष राईले उपस्थित जनसमुदायलाई अवगत गराएका छन् ।मेजर राईले उपस्थित सम्पूर्णलाई धन्यवाद दिँदै नेफिनको पृष्ठभूमि वर्तमान गतिविधिहरु र भविष्यको योजनाहरु पावर पोइन्टद्वारा प्रेजेन्टेसन प्रस्तुत गरेका छन्।

कार्यक्रममा कलाकारहरु जानुका राई, आरुसी मगर, नितु पुन मगर, युवराज मगर, पवित्र गुरुङ र क्याप्टेन बिर बहादुर थापा मगरले आ-आफ्नो प्रस्तुति पस्केका छन्। सांस्कृतिक कार्यक्रम र रकम संकलन कार्यक्रम आकाश सुनुवार र मनिका राईले संचालन गरेका छन्।

डिनर नाइट कार्यक्रममा प्रमुख अतिथि महामहिम चन्द्र कुमार घिमिरे, नेफिन केन्द्रको तर्फवाट नेफिन युकेका सल्लाहकार तथा पुर्व केन्द्रिय सचिब भक्त बहादुर दुरा र एनआरएनए अन्तराष्ट्रिय समन्वय परिषदका उपाध्यक्ष विस्वाशदिप तिगेलाले शुभकामना मन्तब्य दिएका छन् भने औपचारिक कार्यक्रम संस्थाका महासचिब फर्म बहादुर दुराले संचालन गरेका छन्।

नेफिन युकेका अध्यक्ष मेजर योगेश कोयी राईले अध्यक्षता गरेको डिनर नाइट कार्यक्रमको प्रमुख अतिथिमा बेलयातका लागि नेपाली राजदूत चन्द्रकुमार घिमिरे थिए भने कार्यक्रम संयोजक तथा सचिब मेजर इन्द्र प्रसाद राइले स्वागत मन्तब्य दिएका छन्।

डिनर नाइटमा नेफिन युकेको संस्थापक अध्यक्ष, पुर्व तथ् निवर्तमान अध्यक्षहरु, सल्लाहकारहरु, बेलायतमा स्थापित बिभिन्न संघ- संस्थाहरु, नेपाली समुदायमा रहेका महासंघका शुभचिन्तकहरु, महासंघमा आबद्ध जातीय संस्थाहरु, विभिन्न व्यावसायिक संघ-संस्थाहरु र कार्यसमितीका सदस्यहरुलगायत महिला समितिको उपस्थिति रहेको छ।

   

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!