दुप्सेङ्ग रिन्पोछेद्वारा बीसीसी गुम्बामा धार्मिक प्रवचन

SHARE:

लन्डन ८ जुलाई २०२५ । बेलायत भ्रमणमा रहेका पोखरा हेम्जास्थित जङ्गचुब छोर्ईलिङ्ग गुम्बाका श्रद्धेय गुरु हिज इमिनेन्स दुप्सेङ्ग रिन्पोछेले अल्डरसटस्थित बीसीसी गुम्बामा प्रवचन दिएका छन् । गत ६ जुलाई २०२५ आइतबारका दिन उनले कर्म र त्यसको परिणामबारेमा धार्मिक प्रवचन दिएका हुन् ।

सो अवसरमा बीसीसी युकेका अध्यक्ष आङ्गदावा शेर्पाले बीसीसी युकेले हालसम्म गर्दै आएका विभिन्न सामाजिक, धार्मिक तथा परोपकारी कामहरुबारे जानकारी गराउँदै स्वागत गरेका थिए । बीसीसी युकेका कार्यसमिति र आमाहरुले रिन्पोछे गुरुलाई मण्डला अर्पण गरेका थिए ।
त्यस्तै, बीसीसी युकेका अध्यक्ष आङ्गदावा शेर्पा र आमा प्रमुख जगना गुरुङले श्रद्धेय रिन्पोछेको परियोजनाहरुको सहयोगार्थ बीसीसी युकेको तर्फबाट एक हजार पाउण्ड हस्तान्तरण गरे ।

उक्त कार्यक्रममा बीसीसी युकेका प्रमुख लामा खेन्पो सेनाङ्ग, खेन्पो फुर्तेम्बा, लोपन सोनमलगायत अतिथि गुरुहरुको समेत सहभागिता रहेको थियो ।

सोही कार्यक्रमा, बिसिसि युकेका संरक्षक, हिज होलिनेश १४ औं दलाई लामाको ९० औं जन्मोत्सव समेत मनाइएको उक्त कार्यक्रममा, बीसीसी युकेका उपाध्यक्ष मेजर हितमान गुरुङले हिज होलिनेशको जीवनी छोटोमा जानकारी दिएका थिए। लामो आयुको पुजा र प्राथना सहित, शुभकामना ब्याक्त गर्दै, वहाको जन्मोत्सव भब्यताका साथ मनाईएको थियो।

साथै, बीसीसी युकेका उपाध्यक्ष एवं कार्यक्रम संयोजक रोबिन गुरुङले कार्यक्रमको अन्त्यमा श्रद्धेय रिन्पोछेलगायत सहभागी सबैलाई धन्यवाद ज्ञापन गरेका थिए ।

बेलायतका विभिन्न स्थानमा बसोबास गर्ने भक्तजनहरुको बाक्लो उपस्थिति रहेको सो कार्यक्रममा बीसीसी युकेका संस्थापक अध्यक्ष लेप्टन काजी शेर्पा, पूर्व अध्यक्षहरु लेप्टन नारायण प्रसाद गुरुङ बीएमई, नरेश गुरुङ, धर्म तामाङ्ग, हर्क गुरुङ, प्रमुख सलाहकार मेजर खुशीमान गुरुङ, संस्थापक आमा प्रमुख ज्ञानुमाया गुरुङ, निवर्तमान आमा प्रमुख उर्मिला गुरुङलगायत कार्यसमिति, आमाहरुलगायत भक्तजनहरुको उल्लेखनिय उपस्थिति रहेको थियो ।

श्रद्धेय गुरु हिज इमिनेन्स दुप्सेङ्ग रिन्पोछे ज्युको प्रवचन, हिज होलिनेश १४ औं दलाई लामाको ९० औं जन्मोत्सव, दोर्जे लुङ्ग्रीक रिन्पोछे द्वारा झिन्सेक पुजाले गर्दा, मानव सभ्यताकै लागी, यस दिन बिशेष रह्यो। बीसीसी युकेका अध्यक्ष आङ्गदावा शेर्पाको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रमलाई महासचिव मेजर कुमार गुरुङ, एमभिओले संचालन गरेका थिए ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!