श्री पञ्चकोशी (आर्थर डाँडाखर्क) समाज यूकेको अध्यक्षमा धिरज गुरुङ

SHARE:


लन्डन ८ जुलाई २०२५ । श्री पञ्चकोशी (आर्थर डाँडाखर्क) समाज यूकेको अध्यक्षमा धिरज गुरुङ चयन भएका छन् ।

५ जुलाई २०२५ शनिबार अल्डरसटस्थित अल्डरवुड लेजर सेन्टरको सभाहलमा भएको वार्षिक भेलाले धिरजको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो । कार्यसमिति उपाध्यक्ष कमल गुरुङ, सचिव प्रशन्न गुरुङ (पुनः निर्वाचित), कोषाध्यक्ष कमल गुरुङ रहेका छन् ।

खाद्य संयोजक बुद्धि गुरुङ(पुन: निर्वाचित), सांस्कृतिक सचिव पूजा गुरुङ (पुनः निर्वाचित) र सम्पत्ति सचिव गौतम गुरुङ चयन भए । सातौं कार्यसमितिका नवनिर्वाचित अध्यक्ष धिरज गुरुङले समाजको गौरवशाली परम्परालाई निरन्तरता दिँदै नयाँ उचाइमा पुर्‍याउने प्रतिबद्धता व्यक्त गरे । उनले निवर्तमान पदाधिकारीहरूलाई खादा, पुष्पगुच्छा र मायाको चिनो प्रदान गर्दै बिदाई गरे।

समाजका अध्यक्ष जङ्गबहादुर गुरुङको अध्यक्षतामा सम्पन्न भेलाले समाजको भावी कार्यदिशासमेत निर्धारण गरेको छ । कार्यक्रमको शुभारम्भ प्रमुख अतिथि तमु धीं यूकेका अध्यक्ष जुमकाजी गुरुङ, नेपालबाट आएका धर्मगुरु बज्र आचार्य दोर्जे लोपेन जन्त गुरुङ लामासहित समाजका जेष्ठ सदस्यहरू राजकुमारी गुरुङ, अकलादेवी गुरुङ, पूर्णबहादुर गुरुङ तथा संस्थापक अध्यक्ष कृष्णप्रसाद गुरुङको संयुक्त उपस्थितिमा दीप प्रज्वलन गरी गरिएको थियो ।

कार्यक्रमको सञ्चालन समाजका महासचिव प्रशन्न गुरुङले गरेका थिए । उपाध्यक्ष गोपाल गुरुङले स्वागत मन्तव्य राख्दै वार्षिक भेलाको औचित्य, उद्देश्य र समाजका गतिविधिबारे प्रकाश पार्दै उपस्थित सबैप्रति स्वागतसहित आभार व्यक्त गरे ।

भेलाको अवसरमा समाजले विभिन्न क्षेत्रमा योगदान पुर्‍याउने तथा उत्कृष्ट प्रदर्शन गर्ने सदस्यहरूलाई सम्मान गरेको थियो। नवप्रवेशी सदस्यहरूलाई स्वागत गर्नुका साथै ६६ वर्ष र ८४ वर्ष पुगेका ज्येष्ठ नागरिकलाई सम्मान गरियो । यसैगरी, उच्च शिक्षामा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीहरू, सैनिक सेवामा पदोन्नति प्राप्त सदस्यहरू र नवविवाहित दम्पतीहरूलाई पनि सम्मान गरिएको थियो । समाजका अध्यक्ष जङ्गबहादुर गुरुङले खादा, पुष्पगुच्छा र मायाको चिनो प्रदान गर्दै सम्मान कार्यक्रम सम्पन्न गरे ।

नेपालबाट आएका साङ ङाग दोर्जे छ्योईलिङ गुम्बाका मूलगुरु बज्र आचार्य लोपेन जन्त गुरुङलाई विशेष स्वागत तथा सम्मान गरियो । उनले आफ्नी दिवंगत आमा मनसुवा गरुङको स्मृतिमा समाजलाई पाँच सय पाँच पाउन्ड आर्थिक सहयोगसमेत प्रदान गरे ।

प्रमुख अतिथि तथा तमु धीं यूकेका अध्यक्ष जुमकाजी गुरुङ र धर्मपत्नी तथा तमु धीं यूके आमा समूहकी अध्यक्ष कमला गुरुङलाई पनि खादा, फेटा, दोसल्ला र पुष्पगुच्छासहित स्वागत तथा सम्मान गरिएको थियो ।


निवर्तमान अध्यक्ष जङ्गबहादुर गुरुङले छैटौँ कार्यसमितिको तीन वर्षे कार्यकाल सफलतापूर्वक सम्पन्न भएको बताए । उनले सातौँ कार्यसमितिका नवनिर्वाचित अध्यक्ष धिरज गुरुङ र कार्यसमितिका सम्पूर्ण पदाधिकारीहरूलाई बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरे ।

भेलामा विभिन्न सांस्कृतिक तथा मनोरञ्जनात्मक कार्यक्रमहरू प्रस्तुत भएको थियो । स्थानीय कलाकारहरू मिरा गुरुङ, युवारानी गुरुङ, साया गुरुङ, सायारा गुरुङ, पूजा गुरुङ र सम्झना गुरुङले आ-आफ्ना प्रस्तुति दिए । नेपालबाट आएका राष्ट्रिय कलाकार बालचन्द्र बराल र अनुपा मगरको विशेष प्रस्तुतिले कार्यक्रममा थप रौनक थपेको थियो । डिजे टंक शेरचनको संगीतमा सहभागीहरूले नाचगानमा भरपुर सहभागिता जनाए ।

कार्यक्रमको अन्त्यमा सांस्कृतिक सचिव पूजा गुरुङ र कोषाध्यक्ष सालिकराम गुरुङको संयोजनमा १० वटा नगद तथा आकर्षक पुरस्कारसहितको राफल ड्र पनि आयोजना गरिएको शिवकुमार गुरुङले जानकारी गराएका छन् ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!