प्रकृति रिसोर्टलाई बेलायतको प्रतिष्ठित ‘ट्राभललाइभ अवार्ड’

SHARE:

काठमाडौँ ८ जुलाई २०२५ । दिगो पर्यटनमा योगदान गरेको भन्दै प्रकृति रिसोर्ट एन्ड अग्र्यानिक फार्म बेलायतको प्रतिष्ठित ‘ट्राभललाइभ’ प्रमाणीकरण भएको छ ।

सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका हैबुङ–३ मा रहेको प्रकृति रिसोर्ट एन्ड अग्र्यानिक फार्मलाई वातावरणमैत्री पूर्वाधार विकास, अग्र्यानिक खेती, शून्य फोहोर व्यवस्थापन र सामुदायिक समावेशीकरणमा आधारित भएको भन्दै ट्राभललाइभ प्रमाणीकरण प्रदान गरिएको हो । नेपाल पर्यटन बोर्डमा आज एक कार्यक्रम आयोजना गर्दै रिसोर्टले ग्लोबल सस्टेनेबल टुरिजम काउन्सिल तथा युएनटिओको दिगो विकास लक्ष्यहरुमा आधारित १४३ मापदण्ड पूरा गरेपछि ट्राभललाइभ प्रमाणीकरण प्राप्त गरेको रिसोर्टका प्रबन्ध निर्देशक अरुण श्रेष्ठले जानकारी दिनुभयो ।

रिसोर्टका प्रबन्ध निर्देशक श्रेष्ठले भन्नुभयो, “यो उपलब्धिले रिसोर्टको दीर्घकालीन दिगो अभ्यासहरुमा मान्यता दिने र नेपाली पर्यटन उद्योगमा दिगो प्रवृत्तिको विकास गर्न प्रेरणा मिलेको छ ।” उहाँले ट्राभललाइभको प्रमाणीकरणले नेपालको पर्यटनलाई विश्वबजारमा उत्तरदायी र जलवायु–मैत्री गन्तव्यका रुपमा स्थापित गर्न मद्दत पु¥याउने बताउनुभयो ।

कार्यक्रममा नेपाल पर्यटन बोर्डका निमित्त निर्देशक सुनिल शर्माले यस किसिमका अन्तरराष्ट्रिय प्रमाणीकरणले अन्य होटल तथा रिसोर्टलाई पनि प्रेरणा मिलेको उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो, “अन्तरराष्ट्रिय सर्टिफिकेसनले गर्दा पर्यटन क्षेत्रमा दिगो अभ्यासलाई प्रोत्साहन गर्दछ । स्थानीय समुदायको सहभागितामा मात्र दिगो पर्यटन सम्भव हुन्छ ।”

होटल सङ्घ नेपालका अध्यक्ष विनायक शाहले अबको भविष्य नै हरित पर्यटनमा भएकाले यस उपलब्धीले इको–टुरिजममा थप टेवा पुग्ने बताउनुभयो । कार्यक्रममा दिगो पर्यटन अवधारणा, रणनीति र भावी योजनाबारे समूहगत छलफलसमेत भएको थियो ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!