फोक्स्टनमा बहुसांस्कृतिक महोत्सव भव्यरूपमा सम्पन्न

SHARE:

राम पुन – फोक्स्टन, केन्ट

आइतबार, ६ जुलाई २०२५। प्रतिकुल मौसमको च्यालेन्जलाई सामना गर्दै गीत संगीत र संस्कृतिले भरिएको बहुसांस्कृतिक महोत्सव बेलायतको फोक्सटन शहरस्थित फोक्सटन नेपाली कम्यूनिटी सेन्टरमा भव्यरूपमा सम्पन्न भयो।

फोक्स्टन नेपाली समुदायद्वारा आयोजित तथा इक्वेटर फेस्टिभलको सहकार्यमा सम्पन्न यस कार्यक्रमले विभिन्न समुदायबीचको एकता र सौहार्दपूर्ण वातवरण सम्पन्न भयो ।

महोत्सवको उद्घाटन दिउँसो १२ बजे जोशिलो अफ्रिकी ढोलक संगीतबाट शुरुआत गरियो, जसले कार्यक्रमको उत्साहजनक शुरुवात गर्‍यो। त्यसपछि समुदायका अध्यक्ष क्याप्टेन रामबहादुर पुन मगरले स्वागत मन्तव्य दिँदै सहभागीहरूलाई धन्यवाद ज्ञापन गरे।

मञ्चमा विविध देश र समुदायका सांस्कृतिक प्रस्तुति देख्न पाइयो। कार्यक्रममा पञ्जाबी नृत्य, युक्रेनी कोइर गीत, ब्राजिलियन गीत/नृत्य, इक्वेडोरियन नृत्य, बलिउड नृत्य, साथै नेपाली परम्परागत नृत्यहरू प्रस्तुत गरिएका थिए।

नेपाली सांस्कृतिक प्रस्तुतिमा किरात राई यायोग्खा फोक्सटनद्वारा साकेला शिल्ली नृत्य, किरात याकथुङ चुम्लुङद्वारा केलाङ नृत्य, मगर समुदायद्वारा कौडा, खाम भाषी मगर समाज युकेद्वारा भूमे नृत्य र पुन मगर समाज युकेद्वारा पुर्खेउली नृत्यहरू समावेश थिए।

दिनभर दर्शकहरू सांगीतिक प्रस्तुति, स्वादिलो अन्तर्राष्ट्रिय खानपान, आकर्षक नृत्य, फेस पेन्टिङ, र बालबालिकाका लागि रमाइलो खेल-तमासाले भरिपूर्ण वातावरणमा रमाउन सफल भए।

कार्यक्रमका विशेष आकर्षणमध्ये एक मगर जातीय सम्पदा टेन्टको उद्घाटन पनि गरियो, जुन फोक्स्टन नेपाली समुदायको अगुवाइमा स्थापना गरिएको थियो।

वर्षाको मौसमले केही असहजता उत्पन्न गरे पनि सहभागीहरूको उत्साह र जोशले वातावरणलाई झनै जीवन्त बनायो। कार्यक्रममा सबै उमेर समूह, जाति, धर्म र पृष्ठभूमिका मानिसहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

कार्यक्रमको समापनमा फोक्सटन नेपाली कम्यूनिटीका अध्यक्ष क्याप्टेन पुनले सहभागी सम्पूर्ण अतिथि, सांस्कृतिक समूह, स्वयंसेवक, संयोजक र सहकार्य संस्थाहरूलाई आभार प्रकट गरे।

महोत्सवको सफल सञ्चालन समाजका महासचिव डा. महा राईको समन्वयमा सम्पन्न भएको थियो भने कार्यक्रमको नेतृत्व अध्यक्ष पुनले गरेका थिए।

“आजको दिन हाम्रो विविध सांस्कृतिक पहिचानको उत्सव हो। यस्ता कार्यक्रमले समुदायलाई अझ नजिक ल्याउँछ, सहिष्णुता बढाउँछ र हाम्रा संस्कृतिहरूको आदानप्रदानलाई बल दिन्छ,” अध्यक्ष पुनले भने।

बहुसांस्कृतिक महोत्सव (World in a Tent) केवल मनोरञ्जनको माध्यम नभई, बहुसांस्कृतिक एकता, सहअस्तित्व र मानवताको उत्सव बन्न सफल भएको थियो।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!